ट्रेंडिंग:

>> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ?

संकलन केन्द्र नहुँदा समस्यामा किसान

२८ चैत्र २०८१, बिहीबार
२८ चैत्र २०८१, बिहीबार

बर्दिया, २८ चैत ।
बर्दियामा तरकारी संकलन केन्द्र नहुँदा तरकारी बिक्री गर्न किसानहरूलाई समस्या परेको छ । जिल्लामा करिब २ सय बढी किसानहरू व्यवसायीक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीका लागि लुम्बिनी प्रदेश सरकार अन्तरगत एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाले किसान मुखी विभिन्न कार्यक्रम संचालन गरिरहेका छन् । बर्दियामा करिब ६ हजार १ सय ५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । बर्दियामा ठूलो बजार, संकलन केन्द्र र भारतको सिमा नजिक हुँदा व्यवसायिक तरकारी खेती गर्ने किसानहरूलाई मर्का परेको एकिकृत तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले बताए । उनले भने, पहिलोमा किसानहरूले उत्पादन गरेको व्यवस्थित संकलन केन्द्र नभएकोले किसानहरू बजार पाउन सकेको छैनन् ।

व्यपारीहरूले तरकारी खरिद गर्दा सबै प्रकारका तरकारी एकै ठाँउमा बर्दियको कुनै पनि किसानहरू सँग नहुने भएपछि तरकारी खरिद गर्न धेरै किसानहरू संग पुग्नुपर्ने भएकोले व्यापारीहरू बर्दियाका किसानहरू संग तरकारी खरिद नगरेर भारतीय व्यापारीहरू संग तरकारी खरिद गर्न जाने गरेका हुन्छन् । एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाले यस आर्थिक बर्ष करिब ५० लाखको सिंचाई बोर्डिंग ७५ जना किसानहरूले अनुदान लिन पाउने भएका छन् । यस बर्ष उत्पादनमुखी तरकारी खेती गर्ने किसानहरूका लागि १० लाख बराबरको अनुदान लिएर आएको कार्यालय प्रमुख ढकालले बताए ।

बर्दियको गुलरिया नगरपालिका वडा नं. ५ बालापुरका सब भन्दा धेरै किसानहरूले व्यवसायिक तरकारी खेती गर्दै आईरहेका छन् । बालापुर गाउँका सबै किसानहरू बर्षाैंदेखि व्यवसायिक तरकारी खेती गर्दै आइरहेको राम बहादुर थारुले बताए । उनका अनुसार गाउँमा करिब ३० घरधुरीका ४० विगहा खेतमा व्यवसायिक तरकारी खेती गर्दै आएको बताए । उत्पादन भएको तरकारी बर्दियामा बिक्री हुँदैन यहाँका तरकारी खरिद गर्नका लागि कैलालीको टिकापुरका किसानहरू खरिद गर्नका लागि आउने गरेका किसान थारुले बताए । पहिला किसाननहरूले आफ्नो घर खर्चको लागि मात्र तरकारी उत्पादन गर्दै आएका थिए तर सरकारले किसानहरूलाई अनुदान र तालिम प्रदान गर्न थालेपछि किसानहरू थप उत्साहित भएर व्यवसायिक तरकारी खेती तिर अकार्षित भएका हुन् ।

तरकारी उत्पादन र बिक्री वितरण गर्न निकै खर्चिलो भएकोले उत्पादन भएको तरकारी समयमा बिक्री गर्न नसकेको बर्दियाका किसान सन्तोष चोधरीले बताए । भारतीय व्यापारीहरूले नेपालका व्यापारीहरूलाई तरकारी फोन गरेर मगाउने गर्छन तर हामी बजार भन्दा धेरै टाढा र तरकारी संकलन केन्द्र नभएकोले व्यपारीहरूलाई पुर्याउन नसक्दा तरकारी बिक्री हुँदैन । नेपालका किसानहरूले उत्पादन गरेका तरकारी सजिलै व्यपारीहरू माझ पुर्याउन तरकारी संकलन केन्द्र र तरकारी हाटबजार स्थापना गर्न जरुरी रहेको किसान चौधरीले बताए । व्यवसायीक तरकारी खेती गर्ने किसानहरूको सञ्जाल नभएको पनि मुख्य कारण देखिन्छ । सरकारले व्यवसायिक तरकारी उत्पादनमा प्रोत्साहन गरे जस्तै किसानहरूले उत्पादन गरेका तरकारी संकलन केन्द्र स्थापना गर्न जरुरी संगै भारतीय अवैध पैठारी तरकारीलाई रोक्न जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?