© 2026
बुटवल, २२ चैत । अष्ट्रेलियासहित विभिन्न देशमा अध्ययन रोजेका विद्यार्थीहरुलाई शैक्षिक परामर्शदाताका रुपमा पहिचान बनाएको निर्भाना काउन्सिल सेन्टरले रुपन्देहीमा शाखा सुभारम्भ गरेको छ । संस्था स्थापनाको ११ औ वर्षसंगै काठमाण्डौ बाहिर बुटवलमा शाखामार्फत सेवा शुभारम्भ गरेको हो । मिलनचोक स्थित सिटि सेन्टरमा शुक्रबार एक समारोहका बिच शाखा कार्यालयको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरि प्रसाद अर्यालले उद्घाटन गर्दै बौद्ध शिक्षा अध्ययनको केन्द्रका रुपमा परामर्श दिने योजनाका साथ अघि बढ्न सुझाव दिए । नेपालका शैक्षिक संस्थाहरु दिईने बौद्घ शिक्षालाई अब एजुकेशन कन्सल्टेन्सीहरु प्रचार गर्नेतर्फ ध्यान दिन सके यसबाट शैक्षिक पर्यटनको विकास हुने उनको दाबी छ । ‘यसमा सम्भावना रहेको हुदा सरकारबाट पहल जरुरी छ ।’–उनले भने । समुदायमा कतिपय अवैधानिक सेवा दिएका संस्थाहरुलाई भने निरुत्साहित गर्नुपर्ने उनको तर्क छ । सरकारी राजश्वको दायरामा नआएको संस्थाको नियगमनका विषयमा सरकार गम्भिर हुनुपर्ने उनले बताए ।
कार्यक्रममा ईक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेले परामर्श दाता शुरुवात गर्दा आवश्यक सरकारी मापदण्डहरु पुरा गर्न जरुरी रहेको बताए । शिक्षा मन्त्रालयमा नया दर्ताको स्विकृति हाललाई रोकिएको भन्दै उनले परामर्श ब्यवसायलाई ब्यवस्थित गर्ने गरि आफुहरु संगठित भएर लागेको उनले बताए । एजुकेशन कन्सल्टेन्सीहरु विदेश पढ्न जानका लागिमात्र नभई स्वदेशमा समेत अध्ययनको सहि मार्ग निर्देशन गर्ने रुपमा रहेको उनले बताए । विद्यार्थीको शैक्षिक करियर बनाउन अभिभावकको रुपमा भुमिका खेल्ने उनले बताए ।
कार्यक्रममा संस्थाका संचालक शिव प्रसाद त्रिपाठीले विद्यार्थीहरुको भविष्यसंग जोडिएको पेशा भएको भन्दै विशुद्घ परामर्श दिने संस्थाका रुपमा स्थापित रहेको दाबी गरे । संस्थाको उचाईलाई कम नहुने गरि बुटवलमा पनि सेवा दिने प्रतिबद्धता उनले जनाए ।संस्थाबाट आयल्स र पिटिए कक्षाको सेवा दिने उनले बताए । अष्ट्रेलिया, क्यानडा, युके र जर्मनी अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवश्यक परामर्श र प्रक्रिया निर्धक्कसंग अघि बढाउनु उनले आग्रह गरे । संस्थामा पारदर्शिता र सर्टिफाईड काउन्सिलरहरु रहेको उनले बताए । ईक्यानमा दर्ता भएका ५ सय संस्थाहरुमध्येमा निर्भाना पाचौ ठुलो ट्याक्स तिर्ने संस्था भएको उनले दाबी गरे ।
कार्यक्रममा ईक्यान रुपन्देहीका पूर्वअध्यक्ष देव कुँवर, रुपन्देहीका उद्योगी महेन्द्रनारायण श्रेष्ठले गुणस्तरीय शैक्षिक परामर्श दिएर देशलाई नै दक्ष जनशक्ति उत्पादन गर्न सुझाव दिए । रुपन्देहीमा २ सय बढी कन्सल्टेन्सीहरु सेवा दिदै आएका छन ।