Butwal Today

सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

२२ चैत्र २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं, २२ चैत ।

सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–९ सिनामंगल डेरा गरी बस्ने सिराहा धनगढी नगरपालिका-७ गोलबजार घर भएका २७ वर्षीय राम बिहारी साफीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। प्रेम सम्बन्धमा रहँदाका अन्तरङ्गसँग सम्बन्धित तस्विर र भिडियो सम्बन्ध बिग्रिए पश्चात सामाजिक सञ्जालमा पोष्ट गरिदिने र पीडितका आफन्तलाई पठाइदिने भनि धम्काउने, दुख हैरानी दिएको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?