Butwal Today

पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो

२२ चैत्र २०८१, शुक्रबार
अ+
अ-

पाल्पा, २२ चैत।

पाल्पा जिल्लाको रिप्दीकोट गाउँपालिका–७ पालुङ कोर्तिुङमा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार, पालुङ सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेले ज्यान गुमाएका छन्।

प्रहरी निरीक्षक सन्दीप बेल्वासेले बताए अनुसार, डढेलो निभाउने क्रममा टेकबहादुर सर्तुङ्गे भिरबाट लडेर आगोमाथि १५-२० मिटर तल खसेका थिए, जसका कारण उनको मृत्यु भएको हो। घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा ल्याएको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?