Butwal Today

बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा

२२ चैत्र २०८१, शुक्रबार
अ+
अ-

बाँके, २२ चैत्र ।

बाँकेमा विद्युत बक्यौता रहेका ग्राहकको लाइन काट्न गएका विद्युत प्राधिकरणका कर्मचारीहरुलाई कुटपिट गर्ने तीन जनामाथि अपराधिक उपद्रवमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, पीडित कर्मचारीहरुको तर्फबाट नेपालगन्ज वडा नम्बर ३ का चाँदबाबु अन्सारी, अल्तमस अन्सारी र निजामुद्धिन अन्सारीमाथि मुद्दा दर्ता भएको हो।

प्रहरीले घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ भने अन्यको खोजी कार्य जारी छ । गत मंगलबार नेपालगन्ज वडा नम्बर ३ एकलैनीमा लाइन काटेर फर्किने क्रममा स्थानीयले गरेको कुटपिटमा पाँच जना कर्मचारी घाइते भएका थिए । गम्भीर घाइते भएका मिटर रिडर उदयराज यादवको घाँटीको नशामा चोट लागेको र हात मर्किएको छ । अन्य कर्मचारीहरु भने अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले कर्मचारीमाथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिएको बताएका छन् । प्राधिकरणका कर्मचारीहरुले आक्रमण गर्नेहरुमाथि कारबाही नभए काम ठप्प पार्ने चेतावनी सामेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?