Butwal Today

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता

२२ चैत्र २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ, २२ चैत।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्यान्डको बैंककमा भेटवार्ता भएको छ। यो भेटवार्ता बङ्गालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग (बिम्स्टेक) को छैटौं शिखर सम्मेलन सकिएपछि भएको हो। प्रधानमन्त्रीको सचिवालयले जनाएको अनुसार, भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका विषयमा विस्तृत कुराकानी भएको छ।

यसअघि, संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क गएका बेला पनि प्रधानमन्त्री ओली र मोदीबीच ‘साइडलाइन’ भेटवार्ता भएको थियो। प्रधानमन्त्री ओलीको यो कार्यकालमा भारतबाट भ्रमणको निम्तो भने आएको छैन, यद्यपि प्रधानमन्त्री ओलीले न्युयोर्कमा भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?