ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

 मोतीहारीमा अढाई करोडको स्मैक बरामद, नेपालबाट लागिएको दाबी

१२ चैत्र २०८१, मंगलवार
१२ चैत्र २०८१, मंगलवार

रौतहट १२ चैत।

नेपालको रौतहट, बारा पर्सासँग सिमाना जोडिएको भारत बिहार पूर्वी चम्पारण जिल्लाको सदरमुकाम मोतीहारी प्रहरीले नेपाली रुपैयाँ अढाई करोड मूल्य बराबरको लागुऔषध स्मैक बरामद गरेको छ। बिहारमा मदिरा उत्पादन बिक्रि बितरण तथा सेवन माथी सरकारले पूर्ण रुपमा प्रतिबन्ध लगाएपछि पूर्वी चंपारण जिल्लामा  लागुऔषधको कारोवार बढेसँगै नियन्त्रणको लागि प्रहरीले सक्रियता देखाएको हो। स्थानीय नकरदेई थाना क्षेत्र अन्तर्गत सोमबार प्रहरीले ७ किलो भन्दा बढी लागुऔषध स्मैक बरामद गरेको हो, जसको अन्तर्राष्ट्रीय बजारमा लगभग नेपाली अढाई करोड़ रुपैयाँ मूल्य भएको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले बताएका छन्।

आईपिएस अफिसर एसपी प्रभातले स्मैक तस्करीमा संलग्न चार जना तस्करको पहिचान भएको दाबी गरेका छन्। ती तस्करको खोजी भईरहेको बताएका छन्। बरामद लागूऔषध स्मैक नेपालको बाटो हुँदै भारतमा ल्याएको प्रहरीको भनाई छ।प्राप्त जानकारी अनुसार नकरदेई प्रहरीले ठूलो परिमाणको लागुऔषध आईरहेको सूचनाको आधारमा प्रहरी दंडाधिकारी सह अदापुर अंचलाधिकारी अनामिका सिंहको उपस्थितिमा सर्च अभियान चलाएको थियो । सर्च अभियानको क्रममा सिरिसिया माल गांवस्थित एकजना ड्रग माफियाको ठेगानामा छापामारी गरिएको थियो। सो क्रममा गाउँ छेउ एउटा खाल्डोमा बोराभित्र राखिएको लागुऔषध स्मैक बरामद गरिएको हो।

सानो सानो प्लास्टिकको पुड़ियामा राखिएको थियो। जांच गर्दा लागुऔषध स्मैक रहेको तथा त्यसको तौल साढ़े सात किलोग्राम रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनाएको छ। तस्करहरु भने फरार भएको प्रहरीले जनाएको छ।पछिल्लो समय बिहारमा लागुऔषधको कारोवार बढ्दैगएको देखिएको छ। बिहारमा मदिराजन्य पदार्थ उत्पादन,बिक्रि बितरण, सेवन माथी प्रतिबन्ध लगाइए पछी लागुऔषधको कारोवार बढेको जानकारहरूको अनुमान रहेको छ। मुख्यमन्त्री नीतीश कुमारको सरकारले बिहारमा सन २०१६ देखी मदिरा  प्रतिबन्ध लगाउने कानून लागू भएको थियो।

मोतीहारी जिल्लामा प्रहरी प्रमुखको रूपमा आईपीएस अफिसर एसपी सुवर्ण प्रभातले कमाण्ड सम्हाले देखी गैरकानूनी क्रियाकलाप माथी प्रहरीले अंकुश लगाएको छ। खुला सिमानाको फाइदा उठाउँदै लागुऔषध, गाँजा, अफिम, चरेस, स्मैक, मदिरा लगायतका सामान तस्करहरुले भित्रयाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?