ट्रेंडिंग:

>> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो

नारायणपुरमा भएको निःशुल्क परीक्षणमा ४१ जनामा सिकलसेल एनिमिया

४ असार २०८०, सोमबार
४ असार २०८०, सोमबार

दाङ, ४ असार ।

घोराही उपमहानगरपालिका – १० नारायणपुरमा गरिएको निःशुल्क सिकलसेल एनिमिया जाँच शिविरमा स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया देखिएको छ । निःशुल्क जाँच शिविरमा स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया देखिएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहकार्यमा आयोजित निःशुल्क सिकलसेल एनिमिया जाँचसम्बन्धी शिविरमा परीक्षणका लागि पुगेको ४ सय १२ जनाको रगत स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको छ ।

स्क्रिनिङ गरिएका ४ सय १२ जनामध्ये करीव १० प्रतिशतमा सिकलसेल एनिमिया देखिएपछि सो क्षेत्रमा थप संक्रमित हुन सक्ने आशंका गरिएको स्वास्थ्य कार्यालय दाङले बताएको छ । स्क्रिनिङ गर्दा ४ जना पुरुष र ३७ जना महिलामा सिलकसेल पोजिटिभ देखिएकाले डिजिज वा ट्रेट पहिचान गरी उपचारमा सहजता ल्याउन पहल हुने आयोजकले जनाएको छ ।

समुदायमा सिकलसेलकै कारण उपचारका क्रममा ठूलो धनराशी खर्चेको, घरपरिवारमा आर्थिक संकट देखिएको, जन्मिने बालबालिकामा समेत सक्रमण देखिने अवस्था बढ्दै जान थालेपछि यसको रोकथाम गर्न रोगी पहिचान गर्न थालिएको हो ।

यसअघि जिल्लाको ७ वटा पालिकाहरु घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती, गढवा, राजपुर र दंगीशरण गाउँपालिकामा रगत परीक्षण गरिएकोमा ३ सय २८ जनामा सिकलसेल एनिमिया पुष्टि भएका थियो । कुल दुई हजार ८ सय २ जनाको परीक्षण गर्दा ३ सय २८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो ।

स्वास्थ्य कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरमा ४ सय ५४ जनाको परीक्षण गर्दा ७२ जना र घोराही उपमहानगरपालिकामा ४ सय ५२ जनाको परिक्षण गर्दा ३७ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो । लमही नगरपालिकामा ४ सय १६ जनाको परिक्षण गर्दा ४८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको छ । राप्तीमा ४ सय १८ जनाको परिक्षण गर्दा ५४ जना, गढवामा ४ सय २१ जनाको परिक्षण गर्दा ४१ जनामा यो समस्या देखिएको छ ।

यसैगरी, राजपुर गाउँपालिकामा १ सय ३ जनाको परिक्षण गर्दा १० जना, दंगीशरणमा ४ सय ५ जनाको परिक्षण गर्दा ६६ जना, जिल्लाका सबै पालिकाका वडा वडामा सिकलसेल एनिमिया पहिचान गरी रोकथामका लागि धेरै जनाको स्क्रिनिङ हुनुपर्ने देखिएको स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कुँवरले बताए ।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले रोग लुकाएर बस्न नहुने र आउने पुस्ताका लागि स्वास्थ्य परिक्षण अनिवार्य भएको बताए । रोग लुकाउँदा आफ्नै सन्तानलाई सर्ने भएका कारण सबैले समयमा परिक्षण गर्नुपर्ने बताए । सिकलसेल रोगकै कारण आर्थिक अवस्था कमजोर हुने परिस्थिति नहोस् भन्ने उद्देश्यका साथ सहयोगी संस्थाहरुको सहकार्यमा गरिएको शिविरले पालिकाको स्वास्थ्य सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले सिकलसेल एनिमिया भएका बाबु आमाबाट जन्मने बच्चामा यो रोग देखिएको बताए । विवाह गर्नु पूर्व परिक्षण गरेमा कम हुने उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?