ट्रेंडिंग:

>> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न 

बुटवलको नयाँ बसपार्कमा निःशुल्क वाइफाई

१६ फाल्गुन २०७९, मंगलवार
१६ फाल्गुन २०७९, मंगलवार

बुटवल, १६ फागुन ।

बुटवलको नयाँ बसपार्कमा निशुल्क वाइफाई इन्टरनेट चलाउन पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले वल्र्डलिंक कम्युनिकेशनसँगको सहकार्यमा बसपार्क क्षेत्रमा निशुल्क वाइफाइ इन्टरनेट सुविधा उपलब्ध गराएको हो ।

मंगलबार निःशुल्क वाइफाइ इन्टरनेट सुविधा शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको बसपार्कलाई सुविधासम्पन्न बनाउने अभियानअन्तरगत निशुल्क वाइफाइ इन्टरनेट जडान गरेको बताए । उनले बसपार्कलाई यात्रुहरुको विश्रामस्थलका रुपमा सञ्चालन हुने गरी अन्य सुविधाहरु समेत थप गर्दै जाने बताए ।

‘हामीले अहिले शौचालय र स्नानलाई निशुल्क बनाएका छौं, खानेपानी र वाइफाइ इन्टरनेट निशुल्क भएको छ, उनले भने–छिटै नै विश्रामस्थलहरु बनाएर यहाँ उच्च क्षमताका लाइटहरु जडान गर्ने कामको शुरुवात हुनेछ, यसले बसपार्कलाई सुरक्षित र सुविधासम्पन्न बनाउनेछ, जसले बस चढ्न र ओर्लिन आउनेहरु विश्राम गर्न अन्यत्र जानपर्ने बाध्यता हट्नेछ ।’

उनले बसपार्कभित्रका धेरै समस्याहरु समाधान गर्दै सफा र सुरक्षित बनाउने काम उपमहानगरपालिकाले निरन्तर गरिरहेको बताउँदै बस टर्मिनलको भवनमा छिटै नै स्तरीय क्यान्टिन सञ्चालन गर्ने तयारीमा रहेको बताए । ‘हामीकहाँ विमानस्थलहरु सुविधासम्पन्न हुन्छन्, तर बसपार्कहरु चोरीडकैती गर्ने ठाउँजस्ता भएका छन्, उनले भने–बसपार्कलाई पनि सुविधासम्पन्न बनाउने र सुरक्षित बनाउने काममा हामी लागेका छौं, त्यसका लागि यातायात व्यवसायी, मजदुर, व्यवसायी र स्थानीयको साथ आवश्यक रहन्छ ।’

उनले बसपार्क क्षेत्रलाई अरु विस्तार गर्दै बहुतले पार्किङ स्थल र उच्च क्षमताका लाइटहरु राख्ने तयारीमा रहेको बताए । वल्र्डलिंक कम्युनिकेशनका क्षेत्रीय प्रबन्धक आनन्द झाले निःशुल्क वाइफाइ इन्टरनेट जडान गर्न बुटवल उपमहानगरपालिकाले गरेको अगुवाईप्रति खुशी व्यक्त गरे ।

‘बसपार्कभित्र लगइन गरेपछि मोबाइल एसएमएस प्राप्त भएपछि आउने कोड हालेपछि नब्बे मिनेटसम्म इन्टरनेट चलाउन सकिन्छ, उनले भने–मोबाइलको सेटिङ र सुरक्षाका कारण लगइन गर्दा केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, त्यसको सबै तरिका बसपार्कमा राखिने सूचनाबोर्डमा उल्लेख हुनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?