ट्रेंडिंग:

>> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ?
मुख्य समाचार

सत्यवतीमा डेढ लाख दर्शनार्थी भित्रने आयोजकको अपेक्षा

१३ कार्तिक २०७९, आइतबार
१३ कार्तिक २०७९, आइतबार

बुटवल,  कार्तिक
पाल्पा जिल्लाको वडा नं ४ स्थित धार्मिक पर्यटकिय स्थल सत्यवती मन्दिरमा यसवर्ष राम्रो जोग परेको छ । कोभिड १९ संक्रमणपछि कै राम्रो तिथि परेको हुदा यसवर्ष धेरै दर्शनार्थीहरु भित्रने आयोजकको दाबी छ । बासको लिगो लिएर चिच्याउदै वर माग्ने मन्दिरको रुपमा परिचय बोकेको धार्मिक मन्दिरमा धार्मिक पर्यटकको घुईचो लाग्ने गर्दछ । सत्यवति मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दान बहादुर गाहाले आईतबार पत्रकार सम्मेलन गरि मेलाको तयारी पुरा भएको बताएका छन । कार्तिक १८ देखि एकादशीबाट २२ गतेसम्म दर्शन गर्ने राम्रो जोग परेको उनले बताए । यो बेला गरिने पुजा विशेष हुने भएकाले पनि यसको महत्व रहेको उनले बताए । धार्मिक र ऐतिहासिक महत्व बोकेको सो क्षेत्रको संरक्षणका लागि सरकारबाट आवश्यक काम अघि बढेको उनले बताए । परापुर्व कालमा सत्यवति बजैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिडेको र सोही क्रममा यहा विश्राम गर्दा पोखिएर आकारको पोखरी पनि कुभिण्डोकै आकार बनेको किवदन्ति रहेको उनले बताए । विगत वर्षभन्दा फरक ढंगबाट मेलाको ब्यवस्थापनमा जोड दिएको उनले बताए। धार्मिक तिर्थस्थलको विकासमा सबैको सहयोग र सहकार्य जरुरी रहने भएकाले पनि यसैअनुरुप काम अघि बढेको उनले बताए । पिउनेपानी, ट्वाईलेटको ब्यवस्थापनसंगै सडकको मर्मत समेत गरिएको उनले बताए । बाजेबजैको मन्दिर र ताल परापुर्वकालमा रहेको थियो । मन्दिरको गुरुयोजना तयार भएर डिपिआर अनुसार पुर्वाधार विकास अघि लगिएको उनले बताए । जहा आकर्षक होम स्टे संचालन, पार्किङ स्थल निर्माणको काम अघि बढाएको उनले बताए । २४ माईलदेखि झुम्सासम्मको सडकमा सवारी चाप देखिने हुदा पनि यसको ब्यवस्थापनमा जोड दिनुपर्ने उनले बताए । होम स्टे संचालनका लागि भनिएको परियोजना मार्फत तालिम, अवलोकन भ्रमणका कामहरु भएपनि थप अघि बढ्न नसकेको उनले गुनासो गरे । डेढ लाख दर्शनार्थीहरु आउने र सो अवधिमा ६ लाख रुपैया भेटिबाट उठ्ने उनले बताए । मन्दिरमा करीब १ सय ५० बढि स्टलहरु राखिने छन । मादक पदार्थ विक्रिवितरण र सेवन रोक्न आवश्यक पहल गर्ने उनले बताए ।
कार्यक्रममा पाल्पा जिल्लाको गहनाका रुपमा चिच्याएर वर माग्ने सत्यवति मन्दिर भएको तिनाउ गाउपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । देशभित्रमात्र नभई छिमेकी देश भारतमा समेत ख्याति कमाएको उनले बताए । मन्दिरसम्म सहजतरिकाबाट धार्मिक पर्यटक भित्र्याउन स्थानिय सरकारको पहल हुने उनले दाबी गरे । मन्दिर दर्शन गर्न चाहने र शारिरिक रुपमा समस्या भएका दर्शनार्थीहरुलाई यसवर्ष सवारी पुग्ने ब्यवस्था गरिने उनले बताए। सडक मर्मत र खोलामा कजबे समेत ब्यवस्था गरेर दर्शन गर्न आउने धार्मिक पर्यटकहरुलाई सहज गराउने उनले बताए । एकतर्फी बाटो खोल्ने तयारी रहेको उनले बताए ।
कार्यक्रममा वडा नं ४ का वडाअध्यक्ष तुल बहादुर आलेले सत्यवति ताल समग्र पाल्पा जिल्ला कै ताल भएको दाबी गरे । नेपाल र भारतबाट समेत धेरै धार्मिक पर्यटकहरु यहाँ भित्रने गरेको उनले बताए । कार्तिक भित्र जोग पर्दा मात्र मेला लगाउने प्रचलन रहेपनि यो वर्ष पुर्णिमामा राम्रो जोग परेको हुदा यसलाई ब्यवस्थित गर्ने कामलाई सबैको सहकार्यमा अघि बढाईने उनले बताए। स्थानिय सरकारको अगुवाईमा प्रदेश र संघ सरकारको सहयोगमा विकास अघि बढेको उनले बताए ।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष लाल बहादुर थापा, प्रवक्ता यादव प्रसाद अर्याल, वडा नं ३ का वडाअध्यक्ष चित्र बहादुर थापा, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रिखिराम राना, नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष भुवन कार्की, समितिका सचिव लाल बहादुर दर्लामीमगरले सबैको सहकार्यमा धार्मिक पर्यटकिय क्षेत्रको विकास सम्भव हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?