ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप
प्रविधिमैत्री शिक्षाको बहस

शिक्षकका माग र सहमतिका बुँदामा प्रविधिको प्रयोग छायाँमा

२० बैशाख २०८२, शनिबार
२० बैशाख २०८२, शनिबार

नेपालका शिक्षकहरूले विभिन्न सेवा सुविधा र वृत्ति विकासका माग राख्दै काठमाडांैमा लामो समय सडक आन्दोलन गरे । २९ दिन लामो आन्दोलनका क्रममा सरकार र शिक्षकबिच पटक पटक वार्ता भयो । ९ बुँदे सहमति जुटेपछि शिक्षकहरु विद्यालय फर्केर पठन पाठन सुरु गरिसकेका छन् ।

शिक्षकहरुका तलब वृद्धि, स्थायी नियुक्ति र अन्य सेवा सुविधाहरूलाई सम्बोधन गरियो । यो सकारात्मक कदम भएता पनि सहमतिमा शिक्षामा प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउने र यसका चुनौतीहरूलाई सम्बोधन गर्ने विषयहरू भने प्राथमिकतामा परेनन् । न शिक्षकको प्राथमिकतमा पर्यो न त सरकारकै । शिक्षामा प्रविधिको प्रयोग छाँयामा पर्यो । सरकारले शुक्रबार मात्र सार्बजनिक गरेको नीति तथा कार्यक्रममा पनि यो बिषय पर्न सकेन ।

अहिलेको युग सूचना र प्रविधिको युग हो । नेपालको शिक्षा क्षेत्रमा अनलाइन शिक्षा, डिजिटल लर्निङ र अन्य नयाँ प्रविधिहरूको प्रयोग बढ्दो छ । कोभिड–१९ महामारीले यसलाई थप तीव्रता दियो । यद्यपि, यसको प्रभावकारी कार्यान्वयनमा धेरै चुनौतीहरू देखिएका छन् । दूरदराजका विद्यार्थीहरूमा इन्टरनेट र आवश्यक उपकरणको अभाव, शिक्षकहरूको प्रविधिको ज्ञान र प्रयोगमा कमी र परम्परागत पाठ्यक्रमलाई डिजिटल ढाँचामा ढाल्न कठिनाई जस्ता समस्याहरू विद्यमान छन् ।

सरकार र आन्दोलनरत शिक्षकहरुबिच भएको सहमतिमा शिक्षकहरूको सेवा सुविधाका विषयले प्रमुखता पायो । यो सकारात्मक कदम भए पनि सहमतिमा शिक्षामा प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउने र यसका चुनौतीहरूलाई सम्बोधन गर्ने विषयहरू भने प्राथमिकतामा परेनन् । शिक्षकहरुका माग पनि शैक्षिक गुणस्तर बृद्धि भन्दा पनि शिक्षकहरूको तलब वृद्धि, स्थायी नियुक्ति लगायतका थिए ।

नेपालमा अधिकांश विद्यालयहरू सरकारी स्वामित्वमा रहेका छन् । गत वर्षको तथ्याङ्क अनुसार हाल देशभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय रहेका छन् । यस्तै सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार छ विद्यार्थी छन् । त्यसमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षकहरूका सेवा सुविधाका मागहरू जायज भए पनि, प्रविधिको प्रयोगलाई बेवास्ता गर्दा शिक्षाको गुणस्तर र पहुँचमा दीर्घकालीन असर पर्न सक्छ । आजको डिजिटल युगमा विद्यार्थीहरूलाई प्रतिस्पर्धी बनाउन र विश्वव्यापी रूपमा जोड्न प्रविधि अपरिहार्य छ । जबसम्म शिक्षकहरूलाई प्रविधिको उचित तालिम दिइँदैन, पाठ्यक्रमलाई प्रविधिमैत्री बनाइँदैन र सबै विद्यार्थीहरूमा प्रविधिको पहुँच सुनिश्चित गरिँदैन, तबसम्म प्रविधिको प्रयोगले अपेक्षित परिणाम दिन सक्दैन ।

सहमति भएका विषयहरूले शिक्षकहरूको मनोबल बढाउन र सेवालाई थप व्यवस्थित गर्न मद्दत गर्नेछ । तर, शिक्षामा प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउन सरकार, शिक्षक, विद्यार्थी र अभिभावक सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता छ । दूरदराजका विद्यार्थीहरूलाई प्रविधिमा पहुँच पु¥याउन पूर्वाधार विकास, शिक्षकहरूको क्षमता अभिवृद्धि र पाठ्यक्रमको समयसापेक्ष आधुनिकीकरण आजको प्रमुख आवश्यकता हो ।

अतः, शिक्षकहरूको सेवा सुविधामा भएको सहमति स्वागतयोग्य भए पनि, शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग र यसका चुनौतीहरूलाई सम्बोधन गर्न ठोस योजना र कार्यान्वयनको खाँचो छ । यस विषयमा सरकार र सम्बन्धित निकायहरूले ध्यान दिनु आवश्यक छ, ताकि नेपालको शिक्षा प्रणाली एक्काइसौं शताब्दीको आवश्यकता अनुसार विकास हुन सकोस् ।

नेपालको संविधानको मौलिक हकमै प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ भन्ने उल्लेख छ । साथै, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ । संविधानमा उल्लेखित अनिवार्य र निःशुल्क जस्ता शब्दावलीले गुणस्तरीय शैक्षिक वातावरण र सिकाइ पद्धतिको अपेक्षा गर्छ ।

तर ,पर्याप्त शैक्षिक सामग्रीसहित, दक्ष शिक्षकबाट, सकारात्मक वातावरणमा कक्षागत÷तहगत रूपमा तोकिएको सिकाइ उपलब्धि हासिल गर्दै अघि बढ्न पाउनु बालबालिकाको हक हो । यद्यपि, नेपालका प्रायः सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाले यथोचित र समायानुकुल शैक्षिक वातावरण पाउन सकेका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?