Butwal Today

लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ

१८ बैशाख २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न ३४ जनालाई पक्राउ गरेको हो । प्रहरीले झापा, सुनसरी, कैलाली, चितवन, कास्की, काठमाडौँलगायत जिल्लाबाट लागुऔषधसहित ३४ जना पक्राउ गरेको हो ।

काठमाडौँको दक्षिणकाली नगरपालिका(५, बुढानिलकण्ठ नगरपालिका(६ र चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट एकरएक जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका(६ बाट दुई, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका(६ बाट दुई जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

त्यस्तै, कैलालीको भजनी नगरपालिका(३ र धनगढी उपमहानगरपालिका(६ बाट एकरएक, इलामको सूर्योदय नगरपालिका(७ हर्कटेबाट दुई, सुनसरीको दुहवी नगरपालिका(१०, बराहक्षेत्र नगरपालिका(२ पुनर्वास र धरान उपमहानगरपालिका(१७ बाट एकरएक जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका(११ भोजाडबाट तीन, भरतपुर महानगरपालिका(१ आँपटारीबाट एक, राप्ती नगरपालिका(११ डुम्रेखाडी जङ्गलबाट एक जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका(१८ लामागाउँबाट दुई जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका(३ सामादैजीबाट एक, बेलौरी नगरपालिका(१० सडकघाटबाट चार जना पक्राउ परेका इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । जाजरकोटको शिवालय गाउँपालिका( छेडाचौरबाट अवैध लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको पोखरिया नगरपालिका(४ बाट एक जना पक्राउ परेका इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका(५ बसपार्कबाट दुई, मोरङको सुन्दरहरैँचा नगरपालिका(९ बाट एक जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?