ट्रेंडिंग:

>> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी
टुडे वार्ता

‘पदमा हुँदा र नहुँदा जनताकै सेवामा बिताएको छु’

३० कार्तिक २०७९, बुधबार
३० कार्तिक २०७९, बुधबार

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते देशभर एकैचरणमा सम्पन्न हुँदैछ । निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा पाँचलदलीय गठबन्धन र नेकपा एमालेको नेतृत्वमा राप्रपा र जसपाको नेतृत्वमा तीनदलीय गठबन्धन चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनको मिति नजिकदै गर्दा दल तथा तीनका उम्मेदवारहरु चुनावी मैदानमा भोट माग्नमा व्यस्त छन् । यसै सिलसिलामा रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण र राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराबीच चुनावी प्रतिस्पर्धा हँुदैछ । आसन्न निर्वाचनमा राप्रपाको नीति, चुनावी एजेण्डा, प्रतिवद्धता लगाएका विषयमा केन्द्रित रहेर राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरासँग कुराकानी गरिएको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ः

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुने दिन नजिकिदै गएको छ । तपाई जनतासँग के के एजेण्डा लिएर जाँदै हुनुहुन्छ ?

हो, प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको दिन अर्थात मंसिर ४ गते आउनै लागेको छ । म लगायत हाम्रो तीनदलीय गठबन्धनका साथीहरु हाम्रा साझा चुनावी एजेण्डा लिएर निर्वाचनमा होमिएका छौं । हाम्रो साझा एजेण्डा भनेको रुपन्देही क्षेत्र नम्बर ३ सहित समग्र रुपन्देही जिल्लाको दिगो विकास गर्ने हो । विकास एउटा प्रक्रिया हो । यो प्रक्रियालाई सही ट्रयाक दिने काम हाम्रो हो । खास गरी हामीले हाम्रा क्षेत्रको नागरिकका समस्या संकलन गरी त्यसको समाधान गर्नेतर्फ लाग्नेछौं । नागरिकको सर्वोपरी हितलाई ध्यानमा राखेर विकासको मोडल तयार गर्ने, समृद्धिको खाका तयार गर्ने र नागरिकलाई रोजगारीसँग जोडेर उनीहरुको भविष्य उज्जवल बनाउने योजनामा हामी लागेका छौं । हामीले खासगरी सडक संजाललाई विस्तार गर्ने, ग्राभेल नभएका सडकमा ग्राभेल गर्ने, कालोपत्रे नभएका सडक कालोपत्रे गर्ने, अन्य पूर्वाधार विकासलाई विशेष ध्यान दिने, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकासका लागि थुप्रै काम गर्नुपर्नेछ । रुपन्देही क्षेत्र नम्बर ३ भौगोलिक, जातीय, साँस्कृतिक, ऐतिहासिक, पर्यटकीय विविधतामा एकता भएको निर्वाचन क्षेत्र हो । अन्तर्राष्ट्रिय सीमा नाका बेलहियादेखि पुर्व–पश्चिम राजमार्गसम्म फैलिएको यो निर्वाचन क्षेत्रको विकासको लागि हामी निर्वाचित भइसकेपछि सबैभन्दा पहिले हामीले अल्पकालीन र दीर्घकालीन योजनासहितको गुरुयोजना बनाएर काम गर्नेछौं । त्यसका लागि नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सहितको संयुक्त गठबन्धनका साझा उम्मेदवारलाई आफ्नो अमूल्य मत प्रदान गरेर विजयी बनाउनुपर्नेछ ।

तपाई धेरै पटक सांसद र मन्त्री बन्नुभयो । तपाई पदमा हुँदा के के काम गर्नुभयो ?

म पदमा हुँदा र नहुँदा जनताको सेवा र जनताको काममै समय बिताएको छु । खासगरी म रुपन्देहीबाट प्रतिनिधित्व गरेर संसद् र सरकारमा सहभागी भएपछि रुपन्देहीको विकासका लागि धेरै काम गरेको छु । मेरै नेतृत्वमा बुटवलको दीपनगरमा बस्ती बसाउनेदेखि भैरहवामा एशियाली विकास बैंक (एडीबी) को सहयोगमा ठूलाठूला आयोजना भित्र्याउने काम गरेको छु । बुटवलको दीपनगर आज व्यवस्थित बस्तीको रुपमा विकास भएको छ भने भैरहवामा एडीबीको परियोजना भित्र्याएका कारण आज भैरहवा हेर्न लायक शहरको रुपमा विकसित हुँदै गएको छ । अर्को कुरा रुपन्देहीबासीलाई सिंचाईसम्बन्धी समस्या समाधान गर्न भैरहवा–लुम्बिनी भूमिगत जल परियोजना भित्र्याउने काम मेरै नेतृत्वमा भएको हो । त्यही परियोजनाका कारण अहिलेसम्म रुपन्देहीको भैरहवा, सियारी, तिलोत्तमा, शुद्धोधन लगायतका पालिकाहरुमा स्थानीय कृषकले सिंचाईको सुविधा पाएका छन् । रुपन्देहीमा विद्युतीकरण गर्ने, बिजुलीका पोल तान्ने तथा गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणका लागि नीतिगत तहमा काम गर्नेदेखि लिएर जग्गाधनीलाई मुआब्जा दिलाउने काममा मेरो भूमिका यहाँका नागरिकले महसुस गरेका छन् ।

तपाईसहित तीनदलीय गठबन्धनका साझा उम्मेदवारले चुनाव जित्ने आधार के हो ?

चुनाव जित्ने पहिलो आधार भनेको आम मतदाता एमाले, राप्रपा र जसपा नेतृत्वको गठबन्धनका साझा उम्मेदवारको पक्षमा खुलेर, स्वतस्र्फूत रुपमा लाग्नु नै हो । अर्को कुरा भनेको स्थानीय तहको निर्वाचनको मतलाई आधार मान्ने हो । यसलाई आधार मान्दा अर्को पक्ष भन्दा हामी झण्डै १२ हजार मतले अगाडि छौं । त्यसमा पनि अहिले हामीप्रति आम मतदाताको विश्वास बढ्दै गएको छ । हामीप्रति मतदाताको स्नेह र ममता पनि छ । त्यसकारण हामीले यसपटक निर्वाचन जित्नेमा ढुक्क छौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय महाधिवेशनपछि जब राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी अगाडि बढ्यो, त्यसपछि राप्रपामा एउटा नयाँ खालको उत्साह–उमंग बढेर गएको छ । पुरातन शैलीमा सञ्चालित राजनीतिक दल र तीनको नेतृत्वप्रति आम नागरिकमा वितृष्णा जागेका बेला लिङ्देन नेतृत्वको राप्रपाले जनतामा उत्साह थपेको छ भने स्थानीय तहमा त्यसैकारण मतपरिणाम बढेको सशक्त उदाहरणको रुपमा लिन सकिन्छ । यसकै सिलसिलामा आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि यो मत अझै बढेर जाने र रुपन्देही क्षेत्र नम्बर ३ सहित देशको विभिन्न क्षेत्रमा राप्रपाले अत्याधिक मतका साथ चुनाव जित्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?