Butwal Today

लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्तिविरुद्ध विरोधसभा

७ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

लुम्बिनी । लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्तिको विरोधमा लुम्बिनी बचाउ महाअभियानले शनिबार लुम्बिनीको पर्साचोकमा विरोधसभा गरेको छ। सभामा सहभागी वक्ताहरूले आनी छोइङ डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै उक्त निर्णय बदर गर्न माग गरेका छन्।

उनीहरूले लुम्बिनीको विकास, संरक्षण र व्यवस्थापनमा स्थानीयवासीको सहभागिता सुनिश्चित गर्नुपर्ने भन्दै कोषको पदाधिकारीमा स्थानीयवासीलाई नियुक्त गर्न सरकारसँग माग गरेका छन्। विरोधसभालाई महाअभियानका संयोजक अकरामुद्दीन खाँ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, महाअभियानका सहसंयोजक राम विकास चौधरी, मेघनाथ आचार्य, संस्थापक उपाध्यक्ष मोहम्मद इस्लाम खाँ र कपिलवस्तु–तिलौराकोट संघर्ष समितिका तर्फबाट रामनिवास यादवले सम्बोधन गरेका थिए।

वक्ताहरूले लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वलाई ध्यानमा राख्दै कोषको नेतृत्व चयनमा स्थानीय समुदायको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?