© २०२३
कपिलवस्तु, २४ फागुन
११५ औं अन्तरराष्ट्रिय महिला दिवशको अवसर पारेर कपिलवस्तुको तौलिहवामा बिश्व महिला आन्दोलनमा नेपाली महिलाहरुको योगदान बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोगमा महिला उद्यमी संघ कपिलवस्तुको आयोजना तथा बुद्ध दर्शन अध्ययन तथा कपिलवस्तु बिकास केन्द्रको सहआयोजनामा अन्तरक्रिया गरिएको थियो । सो अवसरमा बोल्दै बुद्ध धर्म दर्शनका अध्यता भन्ते सुमंगलोले पुर्विय दर्शन पश्चिमी दर्शनका तुलनामा महिलाका पक्षमा अग्रगामी रहेको बताए । ऐतिहासिक समानता बोकेको सहभागितालाई समय क्रममा बिकृत स्वरुपमा लैजादा समाजमा लैगिंक र जातिय भेदभावले प्रशय पाएको उनको भनाई थियो ।
समाजमा नारी माथीको भेदभाव र हिंसा रोक्न बालिका शिक्षामा लगानी बढाएर महिला आत्मनिर्भरतालाई प्रोत्साहन गर्नु पर्ने उनको सुझाव थियो । सो अवसरमा बोल्दै रामदतिवन पिठका योगी शिवदास माहाराजले नारी अधिकारको शुरुवात परिवारबाटै गर्नु पर्ने बताए । संस्कृतीले कुनै पनि लिंग र वर्गलाई भेदभाव नगरेकाले मानवतावादमा बिश्वास गरेर अगाडी बढ्नु पर्ने उनले सुझाव दिए । सन्सार सृष्टिको सर्जक आमा नारी भएकाले नारीको सम्मान गर्न सक्ने व्यक्ति नै सच्चा मानवतावादी भएको उनको तर्क थियो । महिला अधिकार संरक्षणका लागि महिला र पुरुष संगठित भएर अगाडी बढ्नु पर्ने कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठले बताए । महिलाको सम्मान र अधिकारको बिषय सबैको सरोकारको बिषय बन्नु पर्नेमा राष्ट्रिय स्वयंसेवक संघका अध्यक्ष खेमराज पौडेलले जोड दिए ।
महिलालाई अवसरको प्रयोग र आयआर्जनको गतिबिधीमा जोड्न सकिए महिला शसक्तिकरण बढ्ने काँग्रेस नेतृ बसन्त कुमारी सिंह, अनेम संघ जिल्ला अध्यक्ष करिश्मा चन्द, राप्रपाकी नेतृ कनिज फातिमाको भनाई थियो । महिला सामाजिक कार्य र आर्थिक शसक्तिकरणमा अगाडी बढ्नु पर्ने नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरिता थारुले बताईन । नारी अधिकारका लागि नारीहरुनै सचेत संवेदनशिल र कर्तव्यपालनामा पनि प्रयत्नशिल रहनु पर्ने साहित्यकार पार्वती शर्माको भनाई थियो । कार्यक्रममा बिश्व महिला आन्दोलनमा नेपाली महिलाको भुमिका बारे नेतृ गिता अन्जानले कार्यपत्र प्रस्तुत गरेकी थिईन । उनले कार्यपत्र मार्फत योगमायाको योगदान सगै नेपालका महिला नेतृले महिला अधिकार स्थापित गर्न खेलेको भुमिका बारे चर्चा गरिन । महिलालाई थप शसक्त बनाउनका लागी सहकार्य र साझेदारी आवश्यक रहेकोमा आयोजक संस्थाकी अध्यक्ष कल्पना कुवर खत्री र कोषाध्यक्ष मनकला गिरीले जोड् दिए । कार्यक्रममा अधिकांस वक्ताले महिला अधिकारको सुनिश्तिता घरबाटै गरिनु पर्ने बताए ।