ट्रेंडिंग:

>> यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्तिप्रति घिमिरेले संसदमा माफी मागे >> सुनको भाउ हालसम्मकै उच्च >> अमेरिकाको रेड लिस्टमा चढयो भुटान, हटाउन भुटानको अपिल >> बुटवलमा मिडिया सम्मेलनः के के विषयमा हुँदैछ छलफल ? >> यस्ताे छ अन्तरिक्षयात्री सुनिता बिलियम्सको पारिवारिक जीवन, छिन निः सन्तान >> एनसेल फाउण्डेसनद्वारा २ सय ६० विद्यार्थीलाई झोलासहित शैक्षिक सामग्री >> लागूपदार्थ दुव्र्यसन विरुद्ध अन्तर्क्रिया >> रियलमी सि ७५ छिट्टै बजारमा आउने >> हामीलाई कति वन चाहिन्छ ? >> रोकिएन सेवाग्राहीमाथिको सास्ती >> सल्यानमा अखिल क्रान्तिकारीको तीन, नेविसंघ र अनेरास्ववियुको दुई दुई क्याम्पसमा नेतृत्व >> कपिलवस्तु बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल विजयी >> स्ववियू निर्वाचनः कहाँ कस्ले जिते ? >> बीउ उत्पादक किसानलाई बाधक बन्यो खुल्ला सीमा >> आजदेखि शुक्र अस्त : के गर्नुहुन्छ, के गर्नु हुँदैन ? >> आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> कमल थापाले नवराज सुवेदी समितिलाइ दिए मान्यता, तोके पार्टी प्रतिनिधि >> बुटवल कन्सेप्ट पपले विविध कार्यक्रम गर्ने >> राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजावादीको आन्दोलन अघि बढाउने राप्रपाको निर्णय >> प्रधानमन्त्री कप क्रिकेटः बागमती र कर्णाली प्रदेश विजयी >> मेयर कप फुटबलमा अन्तिम चारको टुगो >> उदयपुरमा आगलागी हुँदा करोडौंको क्षति >> प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीको दोस्रो जित >> कर्णालीमा एसईईका लागि एक सय ८० परीक्षा केन्द्र >> बागमती प्रदेशमा अस्पतालहरूको दर्ता र नवीकरणका लागि अनलाइन सेवा >> सेयर बजार २७ सय तल झर्यो, कारोबार रकम घट्यो >> महिलाले गरेका योगदानको इतिहास तस्वीरबाट पढ्ने अवसर >> प्राकृतिक कारणले ८ महिनामा २० गैंडा मरे >> नेपाली कांग्रेसको पदाधिकारी  बैठक सुरु >> काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति वाग्लेले शपथ लिए >> १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल खेलतालिका सार्वजनिक >> पुल्चोक क्याम्पसमा १७०० मत खसे, मतदान प्रक्रिया जारी >> एसईईको नतिजा असार ७ गतेसम्म सार्वजनिक हुने >> मोरङमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु, ८ घर जले >> पोखरामा स्वतन्त्र विद्यार्थी युनियन चुनावमा तनाव, इन्जिनियरिङ क्याम्पसमा भिडन्त >> बर्दियाबाट एसइइमा ७ हजार ७ सय ६२ विद्यार्थी सहभागी हुँदै >> आज एकै पटक ६ वटा संसदीय समितिहरूका बैठकहरू बस्दै >> आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दा पेसीमा चढ्यो >> इजरायलले गाजा क्षेत्रमा फेरि हमला: ३४ जनाको मृत्यु, ७० जना घाइते >> सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च गरेको जानकारी >> काठमाडौँमा २० करोड रुपैयाँसहित एक जना पक्राउ >> होन्डुरसको रोआटानमा विमान दुर्घटना, सात जनाको मृत्यु >> बारीमा उम्रिएका च्याउ खाएर तनहुँमा एकजनाको ज्यान गयो >> सुनको भाउमा नयाँ रेकर्डः तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँ पुग्यो >> लायन्स सयपत्रीद्धारा दृष्टिविहिनलाई सहयोग >> महिनावारीबारे सही जानकारी र स्वस्थ अभ्यास हुनुपर्ने >> लायन्स क्लब अफ बुटवलमा नयाँ नेतृत्व >> शैक्षिक संस्थाहरूलाई एकै खालको नीति आवश्यक >> रात्रीकालीन बजारको मागसहित चार पालिकाको ज्ञापन >> ‘समाजसेवीहरुलाई सम्मानको खाँचो’

निर्वाहमुखी खेती प्रणाली छाड्दै किसानहरु

२३ फाल्गुन २०८१, शुक्रबार
२३ फाल्गुन २०८१, शुक्रबार

बुटवल, २३ फागुन ।

बुटवल १४ सेमलार र मोतीगन्जका किसानहरु परम्परागत र निर्वाहमुखी खेती प्रणाली छाड्दै आधुनिक र ब्यावसायिक खेती प्रणाली अंगाल्न थालेका छन् । बुटवल उपमहानगरको प्राविधिक सहयोगमा खासगरी मकै खेती ब्यावसायिक रुपमा उत्पादन गर्न थालेपछि उनीहरुले बार्षिक लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

प्रत्येक किसानले १० देखि १७ हजारसम्म लगानी गरेर १ लाख ५० हजारसम्मको मकै उत्पादन गर्न सफल भएको मोतीगन्ज मकै पकेट क्षेत्र विकास समितिका संयोजक तुलसीप्रसाद पौडेलको भनाइ छ । पौडेलले भने—‘हामी आफैले विश्वास गरेका थिएनौं, अहिले बिगतको तुलनामा ३ गुणासम्म बढी मकै फलेको छ ।’

 पौडेलका अनुसार मोतीगन्जका ४१ जना किसानले ३० हेक्टर जग्गामा सामूहिक मकै खेती गरेर सामूहिक रुपमा गतबर्ष ५० लाख र यसबर्ष ६० लाख रुपैयाँ आर्जन गर्न सफल भएका हुन् । बुटवल उपमहानगरपालिकाको सहयोगमा बिशेष पकेट क्षेत्र बनाएर ब्यावसायिक उत्पादन गर्ने उद्देश्यसहित मकै खेती सुरु गरेका किसानहरुले पहिलेको तुलनामा ३ गुणासम्म उत्पादन बृद्धि हुनुका साथै बार्षिक लाखौं रुपैयाँ आर्जन गर्न सफल भएको अगुवा किसान मुरारी खनालले बताएका छन् ।

प्रविधि र ज्ञान उपलब्ध भएका कारण पहिलेको तुलनामा उत्पादन बृद्धि भएको उनको भनाई छ । रामपुर हाईब्रिड ८, १० र १२ जातका मकैको बिउ प्रयोग गरिएको बताउदै खनालले यो जातको मकै घोंगा र दाना ठुलो हुने, मिठो र स्वादिलो हुने र एकनासको फल्ने भएकाले यसबाट प्रसस्त लाभ लिन सफल भएको बताए ।

मोतीगन्ज टोल विकास संस्थाका अध्यक्ष मुक्तीप्रसाद गैरेले उत्पादनलाई बजारसम्म पुर्याउन कठिनाई हुँदा बिचौलियाहरु चलखेल गरेकोले किसानहरु मर्कामा पर्ने गरेको गुनासो गरेका छन् । किसानहरु आफैले गरेको उत्पादन बजारसम्म पुर्याएर बिक्री वितरण गर्ने गरेको र यसबाट मकैको मूल्य अपेक्षा गरे बमोजिमको पाउने गरेको उनी बताउँछन् । तर बजारसम्म पुर्याउन ढुवानीको साधनको अभाव भएकोले कृषकहरुको हितलाई ध्यानमा राखेर सरकारले बजारीकरणमा समेत सहयोग गर्नुपर्ने माग किसानहरुको छ् । गैरे भन्छन—‘हामी आफैले मकै बजारसम्म पुर्याएर पनि बेच्ने गरेका छौं, यसबाट मकैको मूल्य अपेक्षा गरे अनुरुपको प्राप्त भएको छ ।’

किसानहरुलाई ज्ञान र प्रविधि हस्तान्तरण गरी जमिनको उत्पादकत्व बृद्धि गर्ने र किसानहरुको आम्दानी समेत बढाउने उद्देश्यले मकै विकास कार्यक्रम संचालन गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । ३ बर्षअघि एउटा कृषक समूह गठन गरी मकै पकेट क्षेत्र घोषणा गरेर योजना संचालन गरिएको कृषि प्राविधिक सोमन प्रसाद कुर्मीले बताएका छन् । पहिलो वर्ष २० जना मात्र कृषकहरु सहभागी भएकोमा दोश्रो वर्ष ३० जना र तेश्रो वर्ष ४१ जना पुगेको उल्लेख गर्दै उनले उत्पादन बढेसँगै ब्यावसायिक मकै खेतीतर्फ अन्य कृषकहरु पनि आकर्षित भएको जानकारी गराए । ‘हामीले ज्ञान र प्रविधि प्रदान गरेका हौं, अरु सबै किसानहरुको प्रयासमा यो सफलता हासिल भएको हो’—प्राविधिक कुर्मीको भनाइ छ ।

किसानहरुलाई बिउ, मल, औजार र तालिम प्रदान गर्दै आएको बुटवल उपमहानगरपालिकाले उत्पादनलाई बजारसम्म पुर्याउन थप सहयोग गर्नुपर्ने स्थानीयको माग छ । किसानहरुको परम्परागत र निर्वाहमुखी खेती प्रणालीमा सुधार ल्याई ब्यावसायिक मकै खेतीतर्फ आकर्षित गरी उत्पादकत्व र आम्दानी दुवै बृद्धि गर्न यो कार्यक्रम सफल हुने बिश्वास गरिएको छ । साविकको सेमलार र मोतीपुर गाविसका वडाहरुमा किसानको आवश्यकता र माग अनुसार कृषिजन्य उत्पादन बृद्धि र विकासका लागि उपमहानगरले बिशेष योजना र कार्यक्रम बनाएर सुरुआत गरेको नगर प्रमुख खेलराज पाण्डेले बताएका छन् । उत्पादनसँगै क्रमशः बजारीकरणमा पनि सहयोग गर्ने योजना रहेको प्रमुख पाण्डेको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?