ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

एसईई परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेल, विद्यालयहरूसँग व्यापक असुली !

२२ फाल्गुन २०८१, बिहीबार
२२ फाल्गुन २०८१, बिहीबार

सिरहा ।

आगामी चैत्र ७ गतेबाट शुरुहुने माध्यमिक शिक्षा परीक्षा केन्द्र मिलाउन समन्वय ईकाई सिरहाका कर्मचारीले निजि विद्यालयहरुसंघ अतिरिक्त रकम असुली गरेको खुलेको छ। शिक्षा विकास तथा समन्वय ईकाई प्रमुखकै निर्देशनमा परिक्षा शाखा प्रमुख विशाल साह कानुले निजि विद्यालयहरुसंग पायक पर्ने ठाँउमा सेन्टर मिलाईदिने भन्दै व्यापक रकम असुलेको तथ्य बाहिरिएको हो ।

शिक्षा विकास तथा समन्वय ईकाईका परिक्षा शाखा प्रमुख साह कानुले संस्थागत विद्यालयहरुसंग १५ जना भन्दा कम विद्यार्थी भए प्रति विद्यार्थी एक हजारको दरले र सो भन्दा बढी विद्यार्थी भएका विद्यालयहरुसंग प्रत्येक विद्यार्थी पाँचसयको दरले रकम असुलेको निजिविद्यालयका संस्थापकहरु बताउछन्।

एसईई परिक्षा केन्द्र मिलाउन कति खर्च लाग्यो सर ? पायक पर्ने ठाँउमा सेन्टर पर्यो कि परेन ? प्रश्नमा सिरहाका एक संस्थागत विद्यालयका संस्थापकले भने, ‘जम्मा ८५ जना विद्यार्थीको लागि शिक्षा विकास तथा समन्वय ईकाईका परिक्षा शाखा प्रमुख विशाल साह कानुलाई आफुले ४५ हजार रकम दिएको नाम नखोल्ने शर्तमा बताए । उनले भने, ‘मैले भनेकै ठाँउमा परिक्षा केन्द्र मिलाई दिन्छु भनेपछि विद्यार्थी संख्याकै आधारमा विशाल सरलाई पैसा दिएको थिए । तर, वहाँले परीक्षा केन्द्र निर्धारणमा बैईमानी गर्नु भयो । म त छोड्दिन् । दिएको रकम फिर्ता नगरे आफु पत्रकार सम्मेलन गरी सबै भित्रिकुरो सार्वजानिक गर्ने बताए।’

अर्का निजि विद्यालयका संस्थापक भन्छन्– ‘शिक्षा विकास तथा समन्वय ईकाईका कर्मचारीहरु जो आएपनि ब्रहमलुट नै मचाउन खोज्छन्। उनी भन्छन्, ‘सिरहामा जो जोगी आएपनि कानै चिरेको कथा झै बनेको छ;सिरहाको शिक्षा समन्वय ईकाई। विना घुस काम नगरेपछि बिद्यालयहरुले पनि बाध्य भएर विद्यार्थीहरुसंग बढी रकम लिने गरेको जनाए ।

आज सार्वजानिक गरेको परीक्षा केन्द्रहरु मध्ये गोलवजार नगरपालिकामा ४ वटा परीक्षा केन्द्र तोकिएको छ। यो नगरपालिकामा ७ सामुदायीक र १४ वटा संस्थागत विद्यालयको करिव ९ सय पचास परिक्षार्थी परीक्षामा सहभागी हुदै छन्। यो विद्यार्थीलाई यस पालिकाको परीक्षा केन्द्रमै राख्ने ठाउँ प्रयाप्त छ।  तर, संस्थागत विद्यालय र इकाई कर्मचारीलाई आर्थिक प्रभावमा पारी पालिका बाहिरका परीक्षा केन्द्रमा लगिएको छ।  यसले पनि परीक्षा केन्द्र निर्धारण प्रक्रियामा आर्थिक चलखेल भएको पुष्टि गर्ने प्रयाप्त आधारहरु बनेको छ।

गोलबजारमात्र हैन लहान, मिर्चैया, धनगढी, सिरहरमुकामका नाम चलेका निजी विद्यालयहरुले आफूले चाहेको ठाउँमा परीक्षाकेन्द्र पाउनुले पनि झेलभएको प्रष्ट हुन्छ । यसै विषयमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख दीपक कलौनी परिक्षा शाखा प्रमुख विशाल साहलाई सम्पर्क गर्दा दुवैजनाको मोवाइल नम्वर स्विच अफ गरेका छन् ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सिरहाबाट १० हजार सात सय तीन जना विद्यार्थी सहभागी हुने भएका छन् ।  सामुदायिक ९५ र ९३ वटा संस्थागतसहि १८८ विद्यालयहरु परीक्षामा सामेल हुने समन्वय इकाई सिरहाले जानाएको छ।

परीक्षालाई व्यवस्थित, मर्यादित र परीक्षार्थीलाई सहुलियत हुनेगरी ४९ वटा परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ। गत वर्ष ४३ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्ष प्राविधिक धारकालागि छुटै एउटा परीक्षा केन्द्रसहित ६ वटा केन्द्रहरु थपीएको ईकाईले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?