© २०२३
नवलपरासी,२२ फागुन ।
पश्चिम् नवलपरासीको बर्दघाटमा रहेको खजुरा खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्दै गरेको अवस्थामा ६ वटा ट्याक्टरलाई नियन्त्रणमा लिईएको छ ।
गएराती ८:३० बजे चौपत्ताबाट उक्त ट्याक्टरहरुलाई नियन्त्रणमा लिइएको नगर प्रहरी प्रमुख पिताम्बर सापकोटाले जानकारी दिए।बुधबार र बिहीबार गरी दुई दिनमा ६ वटा ट्याक्टर बालुवा लोड गर्दै गरेका ट्याक्टरहरु नियन्त्रणमा लिईएको हो ।
नगरपालिकाले केही दिन अघि मात्रै अवैध नदीजन्य पदार्थको डम्पिङ जफत गरेको थियो । पछिल्लो समय व्यापक चोरी निकासीले खजुरा खोलामा नदीजन्य पदार्थ नै रित्तिएको छ ।आईईई प्रतिवेदनमा वन क्षेत्र देखिँदा खोला ठेक्का लाग्न नसकेको नगरले जनाएको छ । रातिको समयमा चोरी नियन्त्रणमा कठिन हुने र धम्की आउने हुदा थप चुनौती हुने गरेको नगर प्रहरीको भनाई छ ।