Butwal Today

सेतीवेणीमा बोलेरो जीप दुर्घटना: २ जनाको मृत्यु, ६ जना घाइते

२१ फाल्गुन २०८१, बुधबार
अ+
अ-

पोखरा, २१ फागुन ।

पर्वतको बिहादी गाउँपालिका स्थित सेतीवेणीमा आज बिहान भएको बोलेरो जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङ जाने क्रममा लु१ज ४४६० नम्बरको जीप अनियंत्रित भइ दुर्घटनामा परेको हो।

दुर्घटनामा पर्वत बिहादी गाउँपालिका-३ का मीनप्रसाद उपाध्याय र गुल्मीका ६४ वर्षीया दिलकुमारी भट्टचनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिएका छन्।घाइते ६ जनालाई उपचारका लागि पाल्पा पठाइएको र जीपमा सवार एक बालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए।