Butwal Today

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

२१ फाल्गुन २०८१, बुधबार
अ+
अ-

काठमाडौँ।

आज राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका महानिर्देशक, विश्व वन्यजन्तु कोष नेपालका निर्देशक, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष, पूर्व अध्यक्ष भारती कुमारी पाठक र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य-सचिवलाई समितिले छलफलका लागि बोलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?