© २०२३
कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाश रजौरिया विगत केही बर्षदेखि संघर्ष गर्दै आएका छन् । सेवा भावले जनताको माझ आएको उनको भनाई छ । उनका अनुसार हरेक तवरले राजनीतिले प्रभाव पारेकोले चौतर्फी विकास गर्न उनी प्राविधिक तर्फाको विद्यार्थी भए पनि उम्मेदवारी दिएका छन् । उम्मेदवार रजौरियासँग गरिएको कुराकानीको सारसंक्षेप ।
तपाईंको उम्मेदवारी के का लागि ?
म सेवा भावले जनतामाझ राजनीतिका लागि पाइला राखेको छु । यस क्षेत्रको चौतर्फी विकासमा पछाडि परेको हुँदा राजनीतिमा आएर यो क्षेत्र विकास गर्ने लक्ष्य लिएको छु । मैले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई प्राथमिकता दिनका लागि उम्मेदवारी दिएको छु ।
मतदाताले तपाईँलाई के प्रश्न गरिरहेका छन् ?
मतदातामा निराशा छाएको छ । यस क्षेत्रमा आधारभूत आवश्यकता समेत पूरा गर्न छैनन् । यसै क्षेत्रका आफूसँगको प्रतिस्पर्धी पटकपटक सांसद मन्त्री भएर पनि विकास गर्न नसकेकोले तपाईले जिते के गर्नुहुन्छ भन्ने आम मतदाताले प्रश्न गर्ने गरेका छन् । त्यसैलाई मध्यनजर गर्दै समाजको उत्थानका लागि नयाँ अनुहार आउन जरुरी देखिएको छ ।
चुनाव जित्न त व्यापक रुपमा जनतालाई आकर्षित गर्न सक्ने एजेन्डा चाहिएला नि ? त्यस्तो के छ तपाईंसँग ?
अरु राजनीतिक दलका उम्मेदवारहरुले निर्वाचित भए पश्चात् पञ्चबर्षीय योजना बनाउँदै गर्दा आफू निर्वाचित भए तीन बर्षमा यस क्षेत्रलाई लक्षित गरी डिग्री कलेज, अस्पताल र रोजगार लक्षित कार्यक्रम प्राथमिकताका साथ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु ।