ट्रेंडिंग:

>> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी

‘एमालेले गरेको विकास मतदाताले बुझेका छन्’

२७ कार्तिक २०७९, आईतवार
२७ कार्तिक २०७९, आईतवार

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । राजनीतिक दलका उम्मेदवारहरु अहिले मतदाताको घरघरमा पुगिरहेका छन् । दाङका तीनवटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि अहिले चुनावी अभियानमा व्यस्त छन् । प्रस्तुत छ, निर्वाचनकै सन्दर्भमा केन्द्रित रहेर एमाले महासचिव पोखरेलसंग गरिएको कुराकानीको सारसंक्षेप ।

यो निर्वाचनमा तपाइँका एजेन्डा के के छन् ?

दाङको समग्र विकासका लागि एमालेको तर्फबाट समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई लिएर हामी जनताको घरदैलोमा पुगेका छांै । जनताको अभूतपूर्व साथ समर्थन पाइएको अवस्था छ । हामी उत्साहित छौं । एकातिर समृद्ध नेपाल सुखी नेपालीको अभियानबारे जनतालाई जानकारी गराउने र अर्कोतिर जनताका सुझाव लिने काम भइरहेको छ । यही आकांक्षा पूरा गर्न गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, स्वरोजगार र उद्यम विकास, किसानलाई प्रोत्साहन, सिंचाई, सडक, पुललगायतका भौतिक पूर्वाधार निर्माण हाम्रो प्राथमिकताको विषय हो । संघीय लोकतान्त्रिक गणतन्को स्थापना, समानुपातिक समावेशिता, राज्यको पुनर्संरचना गरेर राजनीतिक कोर्ष पूरा ग¥यौं । स्थिर सरकार निर्माण गरेर देश र जनताको हितमा काम गर्नका लागि एमाले अभियानमा छ । त्यसैले समृद्ध नेपाल र सुखी नेपालीको अभियानको आकांक्षा पूरा गर्न अमूल्य मत दिएर योगदान गर्न आम मतदातालाई मेरो अपिल छ ।

तपाइँले जित्नुपर्ने आधार के के छन् ?

दाङ जिल्लाका लागि राष्ट्रिय राजनीतिमा भूमिका खेल्न सक्ने मानिसको आवश्यकता छ । किनकी एउटा सवल नेतृत्व राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुँदा जिल्ला हरेक कुरामा पछाडि पर्छ । गठबन्धनमा सहभागी दलको संयुक्त सरकारले बुटवल पु¥याएको प्रदेशको राजधानी जिल्लामै फर्काउन हाम्रो भूमिका रहेको हो । पछिल्लो पटक मात्रै म मुख्यमन्त्रीको भूमिकामा रहँदा दाङको विकासमा गरेको योगदान धेरै नै रह्यो । दाङमा रहेका भाइरल रोड, पानी मुनिका पुल भएको जिल्ला भनेर चिनिने जिल्ला आज पुलैपुलको जिल्लाका रुपमा चिनिन थालेको छ । हिजो रिफर सेन्टरका रुपमा चिनिने अस्पतालहरु अहिले दर्जन बढी विशेषज्ञ सेवासहितका अस्पताल घोराही र तुलसीपुरमा छन् । कोभिड विशेष अस्पताल, जिल्लामा प्राविधिक शिक्षा, कृषि आधुनिकीकरण, परम्परागत दामोदरमार्गको स्तरोन्नति यस्ता दर्जनांै विकासका काम छन् । एमालेमात्रै राष्ट्रियता, विकास, समृद्धिका पक्षमा उभिन्छ भन्ने कुरा मतदाताले बुझिसकेकाले जित्ने आधार बलियो छ ।

चुनावमा तपाईलाई विश्वास गर्नुपर्ने कारण के के छन् ?

हामी आउँदा काम हुन्छ भन्ने कुरा पुष्टि गरेर जनतालाई देखाएकै छौं । हाम्रै नेतृत्वले वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य विमा, सुत्केरी भत्ता, रोजगारमा आधारित सामाजिक सुरक्षा कोष ल्याएको हो । मुख्य कुरा राष्ट्रिय स्वाभिमान र स्वाधिनताको रक्षाका लागि एमालेलाई मत दिनुपर्छ । त्यसैगरी भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई पूर्जा उपलव्ध गराउनका लागि, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबै नागरिकको पहुँच स्थापित गर्नका लागि, जनताका आधारभूत आवश्यकता पूर्तिका लागि र समुन्नत दाङ निर्माण तथा समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न एमालेलाई मत दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?