© २०२३
बुटवल, ७ माघ । भारतमा सम्पन्न ४७ औ जेएसकेए ईन्टरनेश्नल कराते च्याम्पियनसिप २०२५ मा नेपालले २ स्वर्ण २ रजत र ३ कास्य पदक जित्न सफल भएको छ । जापान सेतोकान कराते एसोसियन भारतको आयोजनामा जनवरी १८–१९ तारिखसम्म भारतको केरलास्थित भिकेएन मेनन ईन्डोर स्टेडियममा भएको प्रतियोगिताको आबिस्कार श्रेष्ठले कुमितेमा स्वर्ण पदक र कातामा कास्य पदक जितेका छन ।
यसैगरि एरोन सेरचनले कुमितेमा स्वर्ण पदक, आइलेशजङ्ग थापाले कुमितेमा रजत र कातामा कास्य पदक जितेका छन । प्रतियोगितामा सान्वीराज्य लक्ष्मी चन्दले कुमितेमा रजत र बेद जैसवालले कुमितेमा कास्य पदक जित्न सफल भएका छन । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, कुवेत र कतार गरि ५ देशका डेढ सय बढी खेलाडीहरुको सहभागिता रहेको थियो ।