© 2026
काठमान्डौँ ।
पोखरा एभेन्जर्सका ओपनर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
उनले ३२ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।
सम्राले यसअघि कर्णाली याक्सविरुद्ध शतकीय इनिङ खेलेका थिए। जारी खेलमा पनि उनले उत्कृष्ट ब्याटिङ गर्दै पोखरालाई बलियो सुरुवात दिलाएका छन् ।