Butwal Today

वीरगञ्ज कारागारबाट कैदी फरार

२६ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

वीरगन्ज ।

पर्सास्थित वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका छन् । कारागारको सुरक्षा घेरा तोड्दै पोखरिया नगरपालिका–सतबरियाका सुनील साह आज कारागार सरसफाइ गर्ने क्रममा फरार भएका हुन् ।

जबर्जस्ती करणी मुद्दाका कैदी साह फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको टोली परिचालन गरी खोजीलाई तीव्र पारिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिउ ।

वीरगञ्ज भारतसँगको खुला सीमा नजिकै रहेकाले फरार कैदी भारततर्फ भाग्नसक्ने आशङ्कामा सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा निगरानी र सुरक्षा जाँच कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?