Butwal Today

सन्दीप लामिछानेले लिए ह्याट्रिकसहित ६ विकेट

२६ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

काठमान्डौँ ।

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा ह्याट्रिक विकेट लिएका छन् । उनले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका हुन् ।

सन्दीप यस सिजन एकै खेलमा ६ विकेट लिने पहिलो बलर बनेका छन्। यसअघिका पाँच खेलमा एक विकेट मात्र लिएका उनले आफ्नो छैटौँ खेलमा ६ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

उनले पोखराविरुद्धको खेलमा १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे ।

यससँगै सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने चौथो खेलाडी बनेका छन् । यसअघि विराटनगरकै प्रतिश जिसी, काठमाडौं गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक गरेका थिए ।

सन्दीपले ३ ओभर बलिङ गर्दै २३ रन खर्चेर ६ विकेट लिएपछि पोखरा एभेन्जर्सको मध्यक्रम धराशायी बनेको छ ।

यसअघि एनपीएलमा शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले पनि एकै खेलमा ६ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?