© २०२३
गुल्मी, ५ कात्तिक ।
गुल्मीमा नमुना मतदान सम्पन्न भएको छ । जिल्लाको रेसुंगा नगरपालिका र मुसिकोट नगरपालिकामा शनिबार नमुना मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
निर्वाचन कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले शनिबार नमुना मतदान गरेको हो । रेसुङ्गा नगरपालिका १४ को पराल्मी र मुसिकोट नगरपालिका ७ को वामीमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीकी निर्वाचन अधिकारी मायाँ कुँवरले जानकारी दिएकी छन् ।
रेसुङ्गा नगरपालिकाको पराल्मीमा ८० बर्षीय तुल्सीराम पोख्रेल र मुसिकोट नगरपालिकामा ७५ बर्षीय धनिश्वर घिमिरेले पहिलो मतदान गरेका थिए । नमुना मतदानमा पराल्मीमा २५ मत र मुसिकोटमा ६५ मत खसेको थियो । खसेको मतमा १९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेयले बताए ।
मतदान प्रकुयामा स्थानीय सवै उमेर समुहका राजनीतिक दल, नागरिक समाज, विद्यार्थी र क्लवका प्रतिनिधिहरु सहभागी बनेका थिए । नमुना मतदान कार्यक्रममा मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेल, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, निर्वाचन अधिकृत मायाँ कुँवर, सुरक्षा निकायका प्रमुख तथा स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जिल्लामा कुल दुई लाख २३ हजार छ सय १५ मतदाता रहेका छन् । दुई नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा कुल एक सय ४२ मतदान स्थल रहेका छन् भने दुई सय ७८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी