ट्रेंडिंग:

>> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

नारामै सीमित नबनोस् युवा दिवस

२८ श्रावण २०८१, सोमबार
२८ श्रावण २०८१, सोमबार

आज विश्व युवा दिवस । युवालाई विश्व सूचना र आधुनिक प्रविधिसंग जोडौं भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाईदैछ । हरेक बर्ष अगस्त १२ को दिन मनाईने यो दिवसको अवसरमा एकपटक फेरी नेपालमा युवालाई रोजगारी र अवसरसंग जोड्ने कुरा उठेको छ । दिवस मनाउँदै गर्दा युवालाई अवसर र नेतृत्व दिने कुरा अव बहसमा मात्रै होइन कार्यान्वयनमा नै आउनु जरुरी छ । त्यसो त नेपालमा युवालाई राजनीतिक अवसर र पहुँच दिने सवालमा अझैपनि आनाकानी हुने गरेको छ । नेपालकै कुरा गर्दा लाखौं युवा अझैपनि अवसरबाट बञ्चित छन् । उनीहरू शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढै छन् । कैंयौं युवा कुलतमा छन । तिनलाई सही दिशामा अघि बढाउने सवालमा अझैपनि ठोस योजना छैन् । युवा शिक्षित नभैकन देशको विकास हुन सक्दैन भन्ने मान्यता र विश्वास हो । जेहोस नेपालको कूल जनसंख्यामध्ये ४० प्रतिशत युवाले अव देशको नेतृत्व गर्नुपर्दछ भन्ने मत बलियो बन्दै गएको छ । यो महत्वपूर्ण र खुसीको कुरा पनि हो । अव देशका लागि उनै युवाहरूको निर्णायक नेतृत्व आवश्यक छ । देश विकासमा उनीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन तर बिडम्बना अहिलेसम्म उनीहरूलाई अवसर दिने कुरा कताकता धुमिल भैरहेको छ । नेपालमा युवा वर्गलाई देशको मेरुदण्ड, खम्बा, कर्णधार आदि विभिन्न नामले सम्बोधन गरिन्छ । युवालाई आफ्ना विभिन्न सङ्गठन र दस्तामा प्रयोग गर्ने कुरामा दलहरू अगाडी नै छन । युवा शक्तिलाई राष्ट्र निर्माणको कार्यमा लगाउनु पर्नेमा गलतरूपमा प्रयोग गरिँदै आएको छ ।

संयुक्त राष्ट्रसंघको आयोजनामा विश्वमा युवा दिवस मनाउन थालेको २३ वर्ष पूरा भएको छ । सन. २००१ अगस्ट १२ तारिखबाट यो दिवस मनाउन थालिएको हो । एउटा खुसीको कुरा के छ भने विश्व सूचकांकमा नेपाल युवास्तरको ७० औं स्थानमा छ । राष्ट्रसंघको सुचकांक अनुसार नेपालले युवा क्षेत्रमा प्रगति हासिल गर्दै गएको छ । तर, नेपालमा भन्ने हो भने युवाशक्तिलाई मिति सकिएको वस्तुका रूपमा प्रयोग गर्ने गरिएको छ । कतिपय युवा आफ्नो क्षमता, कौशलता प्रदर्शन गर्न नसकेर निराश भई कुलतमा फस्न विवश छन् । आफ्नो सिप र अनुभवको प्रयोग गर्न नपाएपछि ति सिर्जनशील हातमा गाँजा, चरेस, कोकिन जस्ता लागूपदार्थ परेको छ । राजनीतिक परिवर्तनमा होस् वा राष्ट्र विकासको सवालमा विश्व इतिहासलाई एकपटक फर्केर हेर्ने हो भने युवाशक्तिले नै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । तर, नेपालमा भने युवालाई नेतृत्वमा अवसर नै दिइएको छैन जसका कारण युवा पलायन हुन बाध्य छन् । यो दिवस मनाईरहँदा युवालाई समान अवसर दिनेतर्फ अघि बढ्नु जरुरी छ । नेपाली यूवाहरू प्रत्येक दिन सयौंको संख्यामा विदेशका मुलुकमा श्रमका लागि विदेसिईरहेका छन । नेपालमा युवालाई सीप सिकाएर दक्ष वनाउन अभिप्रेरित गर्ने काममा ढिलासुस्ती भैरहेको छ । युवालाई सीपयुक्त बनाउने हो भने नेपालमा नै श्रमको ठूलो सम्मान र संभावना रहेको कुरालाई नकार्न सकिदैन् । अवको दिनमा युवालाई मुलुकभित्रै रोजगारीको अवसर दिनेतर्फ पहल जरुरी छ । अझैपनि हरेक दिन दुईहजार पाँचसय युवाको लाईन त्रिभुवन विमानस्थलमा कतिञ्जेल ? यो प्रश्न अहम बनेर आएको छ । जबसम्म रोजगारीका लागि विदेसिने जनशक्तिलाई रोक्न सकिन्न, तबसम्म युवालाई अवसरको कुरा हात्ती आयो फुस्सा सावित हुनेछ । यो बर्षको नाराले पनि अव युवाहरू आफै अवसरका लागि अघि बढ्नुपर्दछ भन्ने सन्देश दिएको छ । खासगरि विश्व सूचना र प्रविधिले फड्को मारेको अहिलेको अवस्थामा युवाहरू अघि बढ्नु जरुरी छ । युवाले अवसर पाएनन् भन्नुभन्दा पनि अवसरलाई ‘क्यास’ गर्ने सवालमा युवाको भूमिका पनि अव अग्रणी हुनुपर्दछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?