© २०२३
बुटवल ।
लायन्स क्लव अफ भलवारी सिटीले क्लवका संस्थापक अध्यक्ष श्रवण कुमार थापा खाम्चाको जन्मदिनको अवसरमा तिलोत्तमा–१५ मा रहेको नेपाल अविनाश तथा अनाथ आश्रम कोटिहवामा भोजन खुवाउने तथा वृक्षारोपण कार्यक्रम गरेको छ । कार्यक्रमको शुभारम्भ लायन इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि का डिष्ट्रिक्ट गर्भनर पुरुषोत्तम भक्त प्रधानाङ्गले गरेका थिए । त्यस अवसरमा आश्रममा आश्रित १९ जना बालबालिकालाई बिहानको भोजन खुवाउने कार्यक्रम तथा सोही स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर बालाराम भट्टराई, द्धितिय भाइस डिष्ट्रिक्ट गर्भनर सन्दिप कसौधन, डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी माधव खनाल लगायत डिष्ट्रिक्ट, एरिया, रिजन तथा जोनका विभिन्न पदमा रहेका व्यक्तिहरु सहभागी भएका थिए ।
आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीलाई आँप र लिचीका बिरुवा हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो । कार्यक्रममा क्लवकी अध्यक्ष माया थापा, कार्यक्रम संयोजक तथा क्लवकी द्धितिय उपाध्यक्ष लक्ष्मी थापा,सचिव रितु ज्ञवालीले मन्तव्य व्यक्त गरेका थिए । क्लवका संस्थापक अध्यक्ष खाम्चाले आफ्नो जन्मदिन आश्रममा गई आफु भन्दा कम भाग्यशाली बालबालिकासंगै केक काटेर, भोजन गरेर साथै खुसियाली साटासाट गर्दै मनाउन पाउँदा छुट्टै आनन्द महशुस भएको बताए । भविष्यमा समेत निरन्तर सहयोग गरिरहने प्रतिवद्धता उनले व्यक्त गरे ।
प्रमुख अतिथि प्रधानाङ्गले कलवले गर्दै आएका विभिन्न सामाजिक कार्यहरुको प्रशंसा गर्दै आगामी दिनमा पनि यही गतिमा अगाडी बढनका निम्ति हौसला तथा शुभकामना प्रकट गरे । क्लवका पुर्व अध्यक्ष बरुण पौडेल तथा निवर्तमान अध्यक्ष दुर्गा खाम्चा तथा सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा आाश्रमका अध्यक्ष ज्ञवालीले क्लवद्धारा निरन्तर रुपमा गर्दै आएका यस प्रकारका कार्यक्रमले आश्रमलाई उल्लेखनिय सहयोग पुञ्याउने छ भन्दै क्लबलाई धन्यबाद दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी