Butwal Today

होराइजन जीबीएस पूर्वविद्यार्थी मञ्च तिवारी अध्यक्ष

२२ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

बुटवल । होराइजन गौतम बुद्ध माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरूलाई एकताबद्ध गर्दै विद्यालय र पूर्वविद्यार्थीबीचको संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले होराइजन जीबीएस पूर्वविद्यार्थी मञ्च गठन गरिएको छ ।

भेलामा पूर्वविद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्राचार्य गोपालप्रसाद आचार्य, उपप्राचार्यद्वय इन्द्रप्रसाद भुसाल र ज्ञानेन्द्र ज्ञवाली, प्राध्यापक प्रकाश घिमिरे, डा. झुलन पौडेल, जीवनाथ भण्डारी, महेन्द्र अमात्य, न्यू होराइजन इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका प्राचार्य वासुदेव आर्याल तथा उपप्राचार्य राजीव श्रेष्ठ, शिक्षक, कर्मचारी तथा वर्तमान विद्यार्थीहरूका सहभागिता रहेको थियो ।

भेलाले किरण तिवारीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसको उपाध्यक्ष स्वीकार गिरी,सचिव प्रकाश खनाल कोषाध्यक्ष सुस्मिता पराजुली,सहसचिव सदिक्षा पौडेल चयन भएका छन् ।

त्यसै गरी सदस्यहरूमा दिलीप श्रेष्ठ, पुष्पराज पन्थ,सुभाङ्गी थापा, विक्रम गुरुङ,सगुन श्रेष्ठ,प्रविना घिमिरे,प्रवेश आचार्य, वर्षा ज्ञवाली,गौरव पाण्डे,लक्ष्मी भुसाल, मदन पौडेल,आदर्श थापा,नन्दिता खत्री,सताक्षी पाण्डे रहेका छन् । भेलाले गोपालप्रसाद आचार्यलाई संरक्षणमा चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?