© २०२३
तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमा–३ शंकरनगरमा महिला सशक्तिकरणको लागि उदघोषण तालिम सुरु भएको छ ।
अखिल नेपाल महिला संघ तिलोत्तमा–३ को आयोजनामा बुधबारदेखि उदघोषण तालिम सुरु भएको हो । अनेमसंघमा आवद्ध महिलाहरु सहभागी उदघोषण तालिमको उदघाटन एमाले रुपन्देहीका सचिवालय सदस्य दिनेश फुल्लेलले गरेका थिए ।
त्यस अवसरमा बोल्दै उनले अहिलेको समय भनेको सृजनात्मक समय भएको बताउँदै नेतृत्व विकास र बोल्ने कलाले मानिसलाई समाजमा छुट्टै पहिचान दिने बताए । एमाले नेतृत्वले राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मुख्यसचिव जस्ता पदहरुमा महिलाहरुलाई प्राथमिकता दिइसकेको भन्दै महिला सक्षम हुने हो भने पार्टीले जहिले पनि उचित स्थान र भूमिका दिने बताए ।
एमाले जिल्ला कमिटी रुपन्देहीका सदस्य तेजबहादुर गुरुङले तालिमले ब्यक्तिबाट ब्यक्तित्व बनाउन सहयोग गर्ने भन्दै तीनदिनमा सहभागीहरुले धेरै कुरा सिक्नेमा आफु आशाबादी भएको बताए ।
अनेमसंघ तिलोत्तमा नगर अध्यक्ष कमला ज्ञवालीले तालिमले महिला सशक्तिकरणमा सहयोग पुग्ने बताउदै बोल्ने मात्रै नभएर प्रभावकारी तरिकाले बोल्नु अहिलेको आबश्यकता भएको बताइन् ।
कार्यक्रममा अनेमसंघ तिलोत्तमा–३ की अध्यक्ष दुर्गा बस्याल, सचिव लक्ष्मी अर्याल लगायतले महिलाहरुलाई सक्षम बनाउनका लागि तालिम आयोजना गरिएको बताएका थिए ।
तालिममा लुम्बिनी मिडिया हव प्रालिका प्रमुख प्रकाश गौतम, सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष अमृता अनमोल लगायतले सहजीकरण गरिरहेका छन् । तालिममा वडा नं ३ का ४० जना महिलाहरुको सभागिता रहेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी