© २०२३
बुटवल ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक कुमार शेरचनले राजनीति गर्दा गर्दै सम्पत्ति सकिएको बताएका छन् ।प्रदेश प्रमुखमा नेपाल सरकारले कृष्णबहादुर घर्तीमगरलाई चयन गरेपछि ३ बर्ष पछि प्रमुखबाट हट्दै गर्दा उनले आफुले राजनीति गर्दा गर्दै सम्पत्ति सकिएको बताएका हुन् ।
उनले ३ बर्षमा धेरै कार्यक्रममा सहभागी भई जनताको मन जित्ने काममा जोड दिईएको बताउदै ३ बर्षको अवधिमा धेरैको सहयोग र सहकार्य रहेको बताएका हुन ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले अहिलेको सरकारले संविधान संसोधन गर्ने लगायतका कुरा गर्नु आफैमा गलत भएको बताएका छन् ।
उनले अहिलेको अवस्थामा संविधानको पालनामा यो पटक उल्लंघन भएको समेत बताएका छन् । उनले संविधानको अबमुल्यन भएको कारण ५ गते नै राजिनामा दिन तयार भएको बताएका थिए । बुटवलले संघीय संरचना र प्रदेशमा महत्वपुर्व भुमिका निर्वाह गरेको समेत बताएका छन