© २०२३
भैरहवा, १२ साउन ।
विगत ११ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएको रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का डा.महेन्द्र सिंह चौधरीले मन्दिरलाई सहयोग गरेका छन् । उनले सिद्धार्थनगर–६ पिपरहियास्थित सोमईमाई मन्दिरमा भजनकिर्तन तथा पूजाआजा गर्न केही सहयोग पुगोस् भन्ने उद्देश्यले साउण्ड सिस्टम जडान गराएका छन् । उनले उक्त कार्यका लागि अष्ट्रेलियाबाट सोवापत रकम पठाएका हुन् ।‘ दाइले साउण्ड सिस्टम जडानका लागि रकम पठाउनुभएको थियो र मन्दिरमा जडान कार्य सम्पन्न भएको छ, ’महेन्द्रका भाइ अभिनाश चौधरीले भने ।
आफ्नो गाउँघरमा रहेका मन्दिरलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले यो कार्य गरेको उनले बताए । उनले भने, ‘यो मैले गरेको सहयोग भन्दा पनि धर्म संस्कृतिको संरक्षणका लागि थालेको सानो प्रयास हो । मैले एक्लै गरेर मात्र हुँदैन । यसमा सबैको साथ र सहयोगको आवश्यकता छ । ’
सिद्धार्थनगर नगरपालिका ६ नम्बर वडा कार्यालयको छेउमा रहेको मन्दिर धेरै पुरानो भएको उनले बताए । आफू नेपाल बाहिर रहे पनि मन्दिरको विकासप्रति चिन्तित रहेको बताए । ३८ वर्षिय चौधरीले भने, ‘जहाँ बसे पनि आफ्नो देश र माटोलाई भुल्नुहुँदैन । मन्दिरमा अब धार्मिक गतिविधि बढ्छ भन्ने अपेक्षा राखेको छु । धर्म संस्कृतिको संरक्षणमा सबै मिलेर अघि बढ्नुपर्छ ।’
पेशाले कन्सलटेन्ट फिजियोथेरापिष्ट रहेका चौधरीले अष्ट्रेलियाको मेलबर्नमा निजी क्लीनिक सञ्चालन गरी केही व्यक्तिहरुलाई रोजगारी समेत दिएका छन् । उनको क्लीनिकमा काम गर्ने कर्मचारीमध्ये नेपालीहरु पनि छन् । उनको पत्नी सरिता चौधरी (रजिष्टर्ड नर्स) अष्ट्रेलियामा ऐज केयरमा प्रशासन संयोजकको रुपमा कार्यरत छिन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी