© २०२३
दाङ, १० साउन ।
ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय दाङको आयोजनामा सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीहरुको बिहिवार घोराहीमा स्वागत संमान गरेको छ । सो अबसरमा स्वच्छ र स्वस्थ समाजका लागि मिडियाको भूमिका विषयमा छलफल पनि गरिएको छ । ब्रम्हाकुमारी राप्ती क्षेत्रका क्षेत्रीय प्रमुख राजयोगिनी ब्रम्हकुमारी गिता दिदीको अध्यक्षतामा कार्यक्रम भएको थियोे । पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष बसुन्धरा गौतमले सञ्चार जगतले समाज परिवर्तन गर्नका लागि महत्त्वपूर्ण भुमिका खेल्ने बताइन् । संघ सस्थाको सम्मानले काम गर्न उर्जा मिल्ने उनको धारणा थियो।
सञ्चारिका समूह दाङका अध्यक्ष रञ्जिता अधिकारीले समाजलाइ परिवर्तन गर्नकालागि मिडियाको भुमिका महत्त्वपूर्ण हुने बताइन् । जिम्मेवारी थपिएसंगै साथ सहयोगको अपेक्षा गरेको बताइन् । पत्रकारिताले समाजमा रहेका ब्यक्तिहरुको लुकेको आवाजलाई राज्य समक्ष पुर्याउने र राज्यका गतिविधिलाई सर्वसाधारण समक्ष पुर्याउने माध्यमका रुपमा पत्रकारितालाई लिने गरेको बताइन् । सूचना सम्प्रेषण गर्दा त्यसबाट पर्न सक्ने शारीरिक, मानसिक, सामाजिक र सम्बेगात्मक पक्षलाई समेत विचार गरी सम्प्रेषण गर्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रमका अध्यक्ष ब्रहकुमारी राप्ती क्षेत्रका क्षेत्रीय प्रमुख राजयोगिनी ब्रम्हकुमारी गिता दिदीले समाजमा भएका नकारात्मक कुराबाट बच्नुपर्ने बताइन् । ब्यक्तिको शरीर स्वस्थ भए जस्तै मन पनि स्वस्थ हुनु जरुरी छ । ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने उनको भनाइ थियो । उनले मन सशक्त बनाउन कलमलाई सशक्त बनाउन आग्रह गरिन् ।
क्षेत्रीय सचिव ब्रह्माकुमार शिवलाल महतराले धर्मलाई मानिसलाई बाध्ने काम गर्ने बताए । ब्रम्हकुमारी विश्वविद्यालय नारी शक्तिले संचालन गरेको संस्था भएकाले नारीमा शक्ति हुने बताए । स्वस्थ समाजका लागि पत्रकारको भुमिका ठुलो हुने उनले बताए ।
ब्रम्हकुमार माधव तिम्ल्सिसिनाले नारीहरुको सस्थाले सम्मान गरेको बताए । आफ्नो काममा निरन्तर दिनका लागि सकारात्मक उर्जा प्रदान गर्ने बताए ।