© २०२३
बुटवल, ९ साउन ।
लायन्स क्लव अफ बुटवल सयपत्रीले बुटवलको देविनगर स्थित नविन अद्यौगिक माविको हाता भित्र बुधबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
वृक्षारोपण कार्यक्रमको शुभारम्भ लायन्स क्लव डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले गरेको संस्थाका अध्यक्ष कमला बस्नेत कुँवरले जानकारी दिइन् । कार्यक्रममा अध्यक्ष कुँवरले लायन्स क्लवको ग्लोबल क्ज, अन्तर्गतको वातावरण सम्बन्धी जलवायु परिवर्तनका कारण पछिल्लो समय देखा परेका समस्याहरुलाई न्यूनिकरण गर्न टेवा पुग्ने उद्देश्यले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको बताईन् ।
वातावरण जीवनको अस्तित्वसँग जोडिएको विषय हुँदाहुँदै पनि विश्वमा मानवकै कारण थुप्रै समस्या उत्पन्न भई वातावरणमा प्रतिकूलता थपिएको, प्रकृतिले मानव उपयोगी वातावरण सुम्पिएको अवस्थामा मानिसले विकासको होडमा वातावरणमाथि ठूलो शोषण गरेको हुनाले मानव जीवनको अस्तित्व दाउमा रहेको तथा वातावरण मानव प्रतिकूल बन्दै गइरहेको उनको भनाई थियो ।
कुँवरले स्वच्छ वातावरण भावी पिंढीलाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो । स्वच्छ वातावरण हाम्रो मात्र नभई हाम्रा भावी सन्तानको समेत अधिकार हो । यही कुरालाई मनन गर्दै वातावरण जोगाउं, स्कूल बालबालिकामा सकारात्मक सोचको उज्गार गराउँ भन्दै धार्मिक र सांस्कृतिक महत्व भएका रुद्राक्ष, रक्तचन्दन, चाइनिज धुपीहरु र फलफुलका बोट बिरुवा रोप्न यस स्कूललाई छनौट गरेको र विरुवा लगाउनु मात्र ठूलो कुरा नभई यसलाई संरक्षण गर्ने झन महत्वपूर्ण कुरा भएको तथा खुल्ला र सार्वजनिक स्थानहरुमा बृक्षारोपण गर्दा त्यसको संरक्षणमा कठिन हुने हुँदा स्कूल हाता भित्र विरुवा लगाउँदा त्यसको उचित संरक्षण हुने भएकोले पनि फरक रुपमा कार्यक्रमको आयोजना गरेको बताईन् ।
लायन्स क्लव डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले लायन्स क्वल अफ सयपत्रीले आयोजना गर्ने कार्यक्रमहरु आफैंमा महत्वपूर्ण हुने र हजारौ विद्यार्थीहरु अध्ययनरत स्कुललाई छनौट गरेर बृक्षारोपण गर्नुले समाजमा फरक सन्देश दिएको औल्याए । क्लबका पूर्व अध्यक्ष, डिष्ट्रिक कोचिफ सुनिता बजिमयको संयोकत्वमा आयोजित बृक्षारोपण कार्यक्रममा प्रथम उपाध्यक्ष बालाराम भट्टराई , डिष्ट्रिक कोषाध्यक्ष प्रकाश श्रेष्ठ, एफ डब्लु सी कोर्डिनेटर सुलोचना श्रेष्ठ, नविन औद्योगिक कद्दर बहादुर रीता रायमाझी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, सिनियर डिष्ट्रिक एडभाइजर तथा क्लवका संस्थापक अध्यक्ष प्रतिभा श्रेष्ठ, पूर्व अध्यक्षहरु, एरिया चिफ दिपक श्रेष्ठ, रिजन चेयर पर्सन विष्णु उपाध्याय, जोन चियर पर्सन महेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सचिव शान्ति लक्ष्मी अर्यालले क्लवले विगतदेखि नै यस्ता सामाजिक कार्यहरु गर्दै आएको बताइन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी