Butwal Today

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले दिए राजीनामा

६ श्रावण २०८१, आइतबार
अ+
अ-

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार प्रदेशसभा बैठकबाट राजीनामा घोषणा गरेका हुन्।

मुख्यमन्त्री महराले आज (आइतबार) विश्वासको मत लिने कार्यसूची थियो। तर, विश्वासको मत नपुग्ने निश्चित देखिएपछि उनले पदबाट राजीनामा दिएका हुन्।

‘घिटिघिटि ३० दिनसम्म बस्ने मेरो रहर होइन,’ मुख्यमन्त्री महराले भने।