© २०२३
लमही, २३ असार ।
लमही ७ नम्बर वडाको हसनापुरबाट शनिवार बेपत्ता भएका एकजना युवकको शब फेला परेको छ । दूध बेचेर फर्किदै गर्दा राजपुर–२ निवासी १८ बर्षिय राजकुमार यादव बेपत्ता भएका थिए ।
शनिवार लमही नगरपालिका–७ हस्नापुरमा राप्तीको बाढीमा फसेका राज कुमार यादवको शव माटोले पुरेको अवस्थामा भेटिएको निजका आफन्त राजेन्द्र यादवले जानकारी दिएका छन् । त्यसैगरी बेपत्ता भएका सतबरिया–८ का मनिराम चौधरी बगाएको स्थान देखि ५०० मिटर पश्चिम तर्फ रहेको मकैको बारी घोप्टो परी मृत अबस्थामा फेला पारेकोमा मृतकको छोरा किसन चौधरीले वडा प्रहरी कार्यालय लमहीलाई जानकारी गराएको प्रहरी निरीक्षक प्रकाश भुसालले बताए ।
मृत्यु भएका दुबै जनालाई प्रारम्भिक कार्य पुरा गरी शव पोष्टमार्टमका लागि लमही अस्पताल लमही, दाङमा ल्याइएको प्रहरी निरीक्षक भुसालले जानकारी दिएका छन् ।
चौधरीलाई बगाई बेपत्ता भएको उनीसँग भएका अन्य दुईजनालाई भने सकुशल उद्वार गरिएको सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाका प्रमुख पुरण चन्द्र भट्टले जानकारी दिए ।