ट्रेंडिंग:

>> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ

अस्पताल संचालनको वातावरण बनाऊ

१७ असार २०८१, सोमबार
१७ असार २०८१, सोमबार

नेपालमा आगलागी भएपछि मात्रै इनार खन्ने प्रवृत्ति पुरानै हो । जब समस्या पर्छ अनिमात्र नेपालीको होस फर्किन्छ । यो नेपालीको मानवीय स्वभाव भैसकेको छ । उदाहरण हो–सरकारले हरेक पालिकामा बनाएका अस्पताल अहिले भूतबंगला सावित हुँदैछन । केपी ओली नेतृत्वको सरकारको पालामा हरेक पालिकामा कम्तीमा १५ शैयाको अस्पताल बनाउने कामको सुरुवात भयो । अहिले धेरै पालिकामा अस्पताल निर्माणको काम सम्पन्न भैसकेको छ तर संचालन गर्न भौतिक पूर्वाधारको अभाव छ । चिकित्सकको समस्या छँदैछ, उपकरण अभावको समस्या छ । आवश्यक पूर्वाधार सहितको उपकरणको जोहो कसले गरिदिने हो ? पालिकाहरू बिलखबन्दमा परेका छन । तत्कालीन सरकारले कोरोना कहरको बेला मानिसहरू उपचार नपाएरै मर्नुपर्ने अवस्था आएपछि हरेक पालिकामा अस्पताल बनाउने निर्णय गरेको थियो ।

स्वास्थ्य उपचारका लागि यो सराहनीय कदम हो तर अहिले पालिकाहरूलाई भने घाँडो भएको छ । न चिकित्सक खोजेर पाईन्छ न त सरकारले आवश्यक फर्निचर सहितको पूर्वाधार र स्वास्थ्य उपकरणको नै ब्यवस्था गरेको छ । नेपालमा स्वास्थ्य पूर्वाधार विस्तार भएकै हो तर त्यतिले धान्न सक्ने अवस्था नहुनु स्वाभाविक हो । कमजोर नीति र संरचनामा सबै दुरुस्त गर्न सकिदैन । यद्यपि महामारी भन्ने कुरा कतिबेला आउँछ केही भन्न सकिदैन् । आवश्यक पर्दा नागरिकको ज्यान बचाउन तत्काल स्वास्थ्य सङ्कटकाल लगाएर पनि निजी अस्पतालसमेत सरकारकै मातहतमा ल्याएर एकीकृत द्रुत सेवा दिनुपर्छ । नागरिकको ज्यान जोगाउनु नै सबैभन्दा ठूलो काम हो । नागरिकको ज्यान जोखिममा हुँदा पनि राजनीतिक जोड–घटाउमा समय खर्च गर्नु भनेको मूर्खता हो । नेपालमा अझै अभ्यास भैसकेको छैन तर दीर्घकालमा देशको स्वास्थ्य सेवालाई नाफामूलक होइन, सेवामूलक बनाउनैपर्छ । यसतर्फ सरकारको ध्यान जानैपर्दछ । नेपालमा सरकारी स्वास्थ्य संरचना बलियो बनाउनतिर ध्यान नगएकै कारण अहिलेको अवस्था आएको छ । अहिले स्वास्थ्य बिमाको सेवा लिने विरामीको चाप सरकारी अस्पतालमा हेर्दा यातना दिएको जस्तो भान हुन्छ । सरकारले स्वास्थ्य बिमाको सुविधा नीजि अस्पतालमा पनि दिनुपर्ने थियो तर केही अस्पतालमा अभ्यास पनि भयो तर सरकारले पैसा नदिँदा ती अस्पतालले सेवा नै रोकिदिए । सरकारी अस्पतालमा बिमाको उपचार सेवा लिनु भनेको सास्ती पाउनु हो भन्ने भएको छ । सेवाको भावनाले भन्दा पनि व्यापारिक दृष्टिले स्वास्थ्य बिमाको सेवा उपलब्ध गराइएको महसुस विरामीले गर्न थालेका छन । नेपालमा स्वास्थ्य पूर्वाधारका बारेमा पछिल्लो एकीकृत तथ्यांक नै छैन । पाँच बर्षअघि एक हजार नागरिकका लागि तीन दशमलव १५ प्रतिशत चिकित्सक तथा नर्सको उपलब्धता थियो भन्ने सरकारी तथ्याँकले देखाउँछ । चिकित्सकको सुविधा नै यति नाजुक भएको अवस्थामा विरामीले राम्रो उपचार सेवा पाउनै मुस्किल छ । नेपालजस्तो विपन्न मुलुकका लागि असाध्यै धेरै लगानी चाहिने स्वास्थ्य पूर्वाधार आकाशको फल आँखा तरी मर नै भएको छ ।
स्वास्थ्य सेवाको क्षेत्रमा सरकारले धेरै गर्ने प्रयास गरेको छ तर पूर्वाधार अभावमा समस्या उत्पन्न भएको छ । अवको दिनमा स्वास्थ्य क्षेत्रमा नीतिगत, संस्थागत र संरचनागत सुधार गर्नेतर्फ सरकारको ध्यान जाओस् । सरकारले अर्बौं लगानी गरेर विभिन्न जिल्लामा बनाएका सरकारी अस्पताल संचालनका लागि तत्काल पहल गरोस् । निर्माण सम्पन्न भएका तर संचालनमा नआएका ती बिशाल भवन भूतबंगला भएका छन । तसर्थ सरकारले जनशक्ति व्यवस्थापन गरेर पालिकाका अस्पताल संचालन गर्ने वातावरण सिर्जना गरोस् । अस्पतालमा स्वास्थ्य परिक्षण गर्ने उपकरणको व्यवस्था गर्नेतर्फ पनि ध्यान दिन ढिलाई नगरोस् । निर्माण सम्पन्न भएका भवनबाट सेवा सुचारु गर्नेतर्फ प्रयास होस् । ती भवनबाट सेवा संचालनको वातावरण बनाउने कि भूतबंगला बनाएर राख्ने ? सरकारको अबिलम्ब ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%