ट्रेंडिंग:

>> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो

केपी बा ! बालेनको लेन खै ?

११ असार २०८१, मंगलवार
११ असार २०८१, मंगलवार

आदरणीय बा !
नेपाल आमाका सपुत, वेदोक्त वैदिक साम्यवादका व्याख्याता राष्ट्रगुरु योगी नरहरिनाथद्वारा दलाई लामालाई धेरै पहिला लेखिएको जसलाई अर्का सपुत मोहन लामा रुम्बाज्यूले केहीदिन अघि मात्र राख्नुभएको पत्रमा संस्कृत भाषामा लेखिएको वाक्यलाई सापट लिएर मैले हजूरलाई भने – अत्रकुशलं तत्रास्तु । यहाँ राम्रै छ र त्यहाँपनि राम्रो नै होस् । कति मीठो छ है संस्कृत । थोरै कुराबाट मिठासले धेरै बुझिने । तर के गर्नु दाजुभाइले जमानामा अनेकानेक विशेषण लगाई स्कुलबाट फाले । उनीहरूले यस्तो अमृत भाषालाई यहाँबाट फालेर के भयो र ? यहाँबाट फालिएपनि विदेशमा फैलिएको फैलियै छ । यहाँका हामी मन्द बुद्धिहरूलाई नरुचे पनि संसारका वैज्ञानिकहरूको अनुसन्धेय भाषा बनेकै छ । बालाई सम्झनुपर्ने त्यति धेरै काम त केही पनि थिएन । त्यसमापनि हामी फेरि न हजुरका बा तिरका । न आमा तिरका । न त हजुरले जसो गरे पनि वावा गरेर हजुरलाई हौसाएर आफ्नो स्वार्थसिद्ध गर्ने र हजुरलाई खौलामा हाल्ने नियतकै कार्यकर्ता नै । न त फेरि पार्टी फुटेपछि कता गएर ग्वाम्म खान पाइन्छ भन्दै स्वतन्त्र नै बसेको नाटक गर्ने कार्यकर्ता । तर पनि हाम्रो शास्त्रले भन्छ– शत्रोरपि गुणा वाच्या दोषावाच्या गुरोरपि । अर्थात् आफ्नो शत्रु नै किन नहोस् उसले गरेको गुणको प्रशंसा गर्नू तर यदि गुरु नै किन नहोस् तर उसले यदि गल्ती गर्दछ भने पनि ती गल्तीलाई नम्रतापूर्वक भनिदिनू । यी यस्तै खालका अनेकौँ कुरा हाम्रा वैदिक धर्मशास्त्रमा छन् । मैले हजुरलाई धेरै भन्नै पर्दैन । अध्ययनशील हजुरले अध्ययन गरिरहनुभएकै छ ।

हामी विशेष गरेर प्राज्ञिक वर्ग । अज्ञानरूपी अन्धकारलाई ज्ञानरूपी उज्यालोले नष्ट गराई देश एवम् विश्वमै शान्तिको विगुल फुक्न सिकाउने वर्ग । कसैका पनि गल्तीहरूलाई देखाई यसो गर्नुपर्दछ भनेर सिकाई सत्मार्गमा हिँडाउनुपर्ने वर्ग । तर के गर्ने सबैभन्दा भ्रष्ट हामी नै भयौँ । यसो गर्नुको सट्टा त झनै तपाइँहरूलाई उल्टापुल्टा सिकाएर आफ्नो स्वार्थसिद्ध गर्न थाल्यौँ । लोकतन्त्र ल्याउन सहयोग गरेको नाममा विभिन्न पद र पदकका लागि तपाइँहरूको पुच्छर भएर हुन्छ या आफुलाई स्वतन्त्र देखाएर हुन्छ वार्गेनिङ्ग गर्ने माहिर खेलाडीका रूपमा जनताहरूले चिनिसके । यसो हुनुको कारण हामी आफैँ नै हौँ । हामी अरूलाई भ्रष्टाचार नगर्न आदेश दिन्छौँ तर आफुले पढाउनै पर्ने कक्षापनि लिदैनौँ । पार्टीगत विभिन्न पदहरूको वहानामा कक्षामा हाम्रो अभाव हुँदाको परिणाम क्याम्पसहरूमा पनि विद्यार्थीहरूको अभाव भईसक्यो । हामीजस्ता खैराती मास्टरहरूकै कारण विद्यार्थीहरूले आफ्नो भविष्य देशमा देख्न छोडे । तरपनि के गर्ने संसारमा कसैले पनि आफ्नो आङ्मा भएको भैँसी पनि नदेख्ने अनि अरूको आङ्मा भएको भुसुनो चाहिँ ख्याल गर्दो रहेछ । त्यसैले अझ शिक्षक वर्गको काम नै अरूलाई उपदेश दिनु भएकोले यसले पनि उपदेशै दिने हो, भरखरको केटाले हेर भनेर नभन्नुहोला । यहाँ तपाइँलाई भनिएका कुरामा कुनै पनि स्वार्थ छैन । छ त केबल राष्ट्रको लागि स्वार्थ छ । हामी जस्तो प्राज्ञिक वर्गले सत्य नबोल्दा र हजूरहरूले जसो गरे पनि– हो कमरेड ! हो दा ! मात्र भन्दा पनि देशमा यो अवस्था आउनुको आंशिक कारण बनेको हो । मैले माथि नै भनिसकेको शास्त्रवचन “दोषावाच्या …” अनुसार तपाइँ हामी चल्न सक्यौँ भने देशले बल्ल काँचुली फेर्ने हो । नत्र पालो गर्यो प्रधानमन्त्री भयो । खान पाइयो भने आहा उत्तरदक्षिण भन्यो । खान पाइएन भने अरूलाई विस्तारवादी भन्यो अनि आफुचाहिँ विस्तारावादी बन्यो । काम गरेर होइन कि मागेरै विदेशी रक्सी र मासुमा डुब्यो डुबायो ।

तपाइँले कुनै बेला हाम्रा शास्त्रमा रहेका वैज्ञानिक कुरा गर्दा आहा केपी बा भनेर प्रशंसा गर्न पनि हामी पछि परिएन । त्यस्तै तपाइँ प्रधानमन्त्री हुँदा केही वर्षदेखि हटाइएको रक्षाबन्धनको बिदा थपी केही वर्षदेखि थपिएको क्रिसमसलाई राष्ट्रिय विदाबाट हटाई सम्बन्धितलाई मात्र विदा दिइएको कुरामापनि मुक्त कण्ठले प्रशंसा गरियो नै । त्यस्तै तपाइँहरूले बनाएको संविधानमा पूर्ण समर्थन त थिएन । देशमा भएका ९० प्रतिशतहरूको कुरा नसुनी अर्काका देशका शरणार्थीहरूलाई यहाँ नागरिकको दर्जा दिई अझ उनीहरूलाई समावेशीताका नाममा ज्वाइँचेला बनाउने संविधान हामीले पूरा मान्न पनि सकिएन । संविधानलाई एउटा कसैले मिलेर बनाएको अनुशासन मानी देशलाई ठूलो मानियो । देश नै अप्ठ्यारोमा परेका बेला संविधान कुनै ठूलो वस्तु होइन भनेर पनि लेखियो । संसद विघटन गरेर केपी बाले तपाइँहरूले भनेजस्तो महाअपराध केही गरेका छैनन्, आफुहरूले नै बनाएको नियम ठिक भए नभनेका मात्र हुन् भनेर समेत लेखियो । अघिल्लो दिनसम्म संविधान ठिक छैन भन्ने अनि अर्को दिनचाहिँ केपीले संविधान खाए भनेर बक्बकाउने स्वार्थी बोकाहरूलाई पनि थर्काइयो । तपाइँले माधव नेपालजीका भाउँतामा लागेर होली वाइन काण्ड मच्चाउँदा फेरि तपाइँलाई गाली गरियो । यत्रो वर्षसम्म रामकाबारेमा केही नबोल्ने अनि मोदीको नेतृत्वमा राममन्दिर बन्दासाथ साहिँलौ ठोरीमा हो रामजन्मेको भन्ने खालको भारतका क्रिश्चियन मिसिनरी सोनिया राहुल सितारामका भाषा बोल्दापनि तपाइँलाई शास्त्रीय कुरो यो हो है भनेर समेत लेखियो । किनकि हामीमा स्वार्थ थिएन । तपाइँलाई नै अड्काएर पाशोमा पार्ने पुच्छरहरूका वचनपनि खाइयो । आफुलाई हिन्दू धर्मका व्याख्याता भनेर शिरतिर र पुच्छरतिर लामा विशेषण थप्नेहरूले समेत कुरा बुझ्न सकेनन् । किनकि उनीहरूको हिन्दुत्वमात्रै कुनै दलको पुच्छरका रूपमा रहेको थियो । तर सत्य कुरामा अडिग रहियो । तपाइँकै पुत्रहरूले तपाइँलाई केपी वामपन्थ छोडेर रामपन्थतिर लागे पनि भने । विदेशीहरूका भाउँतामा लागी तपाइँको पार्टी तपाइँहरूकै स्वार्थी भाई, भतिजा र पुत्रहरूले फुटाए । यो कुराको गुह्य कुरो के थियो भने तपाइँको नेतृत्वको एमालेका केही कुराहरू बाहेक नेपालमा अधिकांश कम्युनिष्ट पालेको त यहाँको धर्म, संस्कार, संस्कृति निमिट्यान्न पारेर क्रिश्चियनालिटीका माध्यमले साम्राज्यवाद फैंलाउनु नै हो भन्ने त प्रमाणित विषय भई नै सकेको छ ।
त्यतिखेर मात्र होइन विहान बेलुका विश्व कल्याणका लागि गायत्रीमन्त्रको मननका साथ वेदका विश्व कल्याणकारी ध्वनीमा विश्वास गरी महर्षि महेश योगी जुन संस्थाका वैज्ञानिकहरूले तपाइँलाई अमूल्य उपहार दिएर गएका थिए त्यसमा सम्बद्ध परिवार एवम् नेपालका पनि राष्ट्रप्रेमी र धर्मप्रेमी विभिन्न गुरुहरूलाई आदर्श मान्ने मलाई र मजस्ता निस्वार्थी केहीलाई अहिले पनि दुर्योधन र शकुनीहरूको सल्लाह नलिकन गर्न सक्ने हो भने केही ऊर्जा भएको व्यक्ति नै तपाइँ हो भन्ने नै विश्वास छ । अर्को कुरा के ठोकुवाका साथ भन्दछु भने चारैतर्फबाट आक्रमण हुँदापनि तपाइँले एक्लै बचाएको तपाइँको पार्टी एमाले पनि तपाइँका गाउँनगरतिरका कार्यकर्ताहरूको कमाईधन्दा देख्दा तपाइँ ‘नभएको’ दिनदेखि ओरालो नै लाग्ने हो ।

त्यसैले बा यति भनिसकेपछि मैले माथि लेखेको शीर्षक पनि तपाइँले बुझिसक्नुभएको छ । हाम्रा धर्मशास्त्रहरूमा धेरै शासकहरूको पतन पनि उनीहरूका भाई, भतिजाहरूका कारणले गर्दा नै भएको हो । संसारमा राम्रोलाई राम्रो भन्न सक्नुपर्दछ । राम्रो मानिसलाई बरु आफ्नो बनाउन जान्नुपर्दछ । यो लेन विग्रिएको देशमा लेन बनाउन आएका बालेनलाई भिलेन भएर असहयोग होइन, पूर्णरूपले सहयोग गर्नोस् । तपाइँका ती चैते कार्यकर्ता एक दिन रिसाउलान् तर अर्को दिन त ठाउँमै आइहाल्छन् नि । नआए बाटो लाग्छन् । उनीहरूका दम्भमा तपाइँले साथ नदिनुहोस् । एउटा सानैदेखि अङ्ग्रेजी संस्कारमा हुर्केको बालेन आज आफ्नो राष्ट्रको भेषभुषा र संस्कृतिको विकासमा लागेको छ । ट्वाइलेट गइसकेपछि हात धुन नजान्नेहरू घाँटीमा टाइको गलपासो लगाएर आफुलाई आधुनिक देखाउँछन् । तर, उसले कुनै पनि दिन विदेशी संस्कारलाई अगाडि ल्याएर नौँटङ्की गर्दैन । विदेश गएर हाईहाई भएर आएको छ । यस किसिमको नेपाल आमाको सपुतलाई त झन् तपाइँले सहयोग गर्न छाडेर तिनै चैते भाईभतिजाका कुरा सुनेर गाली पो गर्नुहुन्छ । त्यसो गर्दै नगर्नोस् बरु कहिलेकाहीँ रिस उठेर हजुरलाई गाली गरेको भएपनि त्यस्ता कुरामा मतलव नगरी बालेनले बनाएको लेनलाई लुकाउने होइन कि उनले बनाउँदै गरेको देशकै लेनमा मार्गदर्शन गरी बनाउन सहयोग गर्नुहोस् है बा ! उही तपाइँको शुभचिन्तक ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 100% 0% 0%