ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

मिडियामाथि प्रदेश सरकारको बिभेद

९ असार २०८१, आइतबार
९ असार २०८१, आइतबार

लुम्बिनी प्रदेश सरकारले बजेटमार्फत आफ्ना नजिकका मिडिया र व्यक्तिलाई पक्षपोषण गरि राज्यकोषमाथि ब्रम्हलुट मच्चाउने काम गरेको छ । मुख्यमन्त्री, मन्त्री र आसेपासे सञ्चार संस्था, मिडिया र केही नाम नै नसुनिएका मिडियाको नाममा मनपरी ढंगले बजेट विनियोजन गरेर प्रदेश सरकार राज्यकोष दोहनमा उद्यत भएको छ । मिडिया प्रवद्र्धनका नाममा आफ्नो नजिकको मिडियालाई काखी च्याप्ने काम कुनैपनि अवस्थामा स्वीकार हुँदैन । सूचना तथा सञ्चार क्षेत्रको प्रवद्र्धनका नाममा मनपरी बजेट छुट्टयाउनु र आसेपासे र नजिकका व्यक्तिलाई बितरण गर्नु राज्यकोषको दोहनबाहेक अरू केही हुन सक्दैन् । प्रदेश सरकारले जे गरेको छ, त्यो सरासर गलत छ । यस प्रकारका कामले सञ्चार क्षेत्रको प्रवद्र्धन होइन, उल्टै बिखण्डन निम्त्याउने निश्चित छ । विश्व आर्थिक मन्दीको प्रभावले सञ्चार संस्थाहरू बल्लबल्ल सञ्चालन भैरहेका छन । यस्तो अवस्थामा आफ्ना आसेपासे र केहि नेताका खल्तीका मिडियालाई बजेट छुट्याएर प्रदेश सरकारले इतिहासमै धब्बा लगाउने काम गरेको छ । सरकारी कोष यसरी नीजि मिडिया र ब्यक्तिलाई असमान र हचुवाका भरमा बितरण गर्नु राज्यकोषमाथिको गंभीर शोषण हो । यस बिषयमा प्रदेश सरकारको गंभीर ध्यानाकर्षण होस् । प्रदेश सरकारले मिडियामाथि गंभीर विभेद र अन्याय गरेको भन्दै प्रकाशन तथा प्रसारण संघ लुम्बिनी सहित नेपाल टेलिभिजन प्रसारक संघ लुम्बिनी, ब्रोकाष्टिङ एशोसिएसन अफ नेपाल (बान), एलायन्स फर कम्युनिटी मिडिया, सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) र अनलाईन मिडिया सोसाईटीले आन्दोलन घोषणा गरेका छन् । सञ्चार माध्यमका लागि बिनियोजन गरेको बजेट अपारदर्शी, गैरकानूनी र अलोकतान्त्रीक रूपमा वितरण हुनुका साथै मनोमानीरूपमा बजेट बाँडफाँडलाई प्रश्रय दिएर प्रदेश सरकारले नीतिगत भ्रष्टाचार गरेको प्रकाशन तथा प्रसारण संस्थाहरूको ठहर छ ।

सञ्चार माध्यमहरूलाई बितरण गर्ने बिज्ञापन र अनुदानलाई लोककल्याणकारी र समानुपातिक ढंगले बितरण गर्न प्रकाशन तथा प्रसारण संघ सहित संचार संस्थाहरूले गरेको आग्रह पूर्णरूपमा उपेक्षा गरिनु चिन्ताको बिषय हो । सञ्चार माध्यमहरूले अनुभूति गर्ने गरी प्रदेश सरकारले आफ्नो अभिभावकत्व प्रदान गर्न नसक्नु अर्को दुःख अनि चिन्ताको कुरा हो । प्रकाशन तथा प्रशारण संघ लुम्बिनी सहित संचार संस्थाहरूले मिडियाहरूको सबलीकरण र पत्रकारहरूको क्षमता बिकासमा प्रदेश सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ भन्ने मान्यता राख्दछ तर प्रदेश सरकार उक्त मान्यताविरुद्ध गएको छ । र, संचार सम्बद्ध संस्थाहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनु सामान्य कुरा होइन । प्रदेश सरकारले यो बिषयलाई गंभीररूपमा लिनुपर्दछ । सञ्चार क्षेत्रलाई बलियो बनाउन दिएका सुझावलाई समेत रद्दीको टोकरीमा फालेर प्रदेश सरकार संचार क्षेत्रको अस्तित्व समाप्त पार्ने योजनामा लागेको यो दृष्टान्त काफी छ । एकातिर मिडियालाई व्यक्तिगत पहुँच र प्रभावको आधारमा घर निर्माण र उपकरण खरिद जस्ता शिर्षकमा आफ्नो खल्तीको रकम छुट्टाए जस्तो गरि छुट्टाईनु तथा अर्कोतर्फ प्रदेशमा लामो समयदेखि व्यवसायिक पत्रकारीता गर्दै आएका मिडियाहरूलाई पूर्णरूपमा उपेक्षा गरी लोककल्याणकारी बिज्ञापन र सूचनाका लागि बजेट रकम घटाउदै लैजाने काम मिडिया बिरोधी काम हो । आफू निकटका व्यक्तिलाई मनपरी पैसा छुट्याउने प्रदेश सरकारको गलत कामप्रति प्रदेशका आम पत्रकारहरूको गंभीर असहमति छ । प्रदेश सरकारले बिनियोजन गरेको सञ्चार सम्वन्धि यो बजेट परिमार्जन गरोस् । पद र पावरको दुरूपयोग गर्दै नीजि मिडियाका नाममा लाखौं रकम बिनियोजन गर्नु खुलेयाम भ्रष्टाचार मात्रै होइन, आम लज्जाको बिषय पनि हो । प्रदेश सरकार मिडियाप्रति अलिकति पनि जवाफदेही छ भने सञ्चारका नाममा अमूक संस्था र ब्यक्तिलाई मलजल गर्ने काम तत्काल बन्द गरोस् । मिडिया सम्बद्ध संस्थाहरूले आन्दोलन सुरु गरेकोले अव प्रदेश सरकार आन्दोलनको मर्म र भावनालाई बुझेर आफ्नो गलत निर्णय सच्याउनेतर्फ अघि बढोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?