ट्रेंडिंग:

>> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’

ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहार रोक

३ असार २०८१, सोमबार
३ असार २०८१, सोमबार

राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लोसमय ज्येष्ठ नागरिकहरूमाथि दुव्र्यवहारका घटना बढ्दै गएको भन्दै गंभीर चिन्ता प्रकट गरेको छ । निश्चितरूपमा आयोगले भनेजस्तै ज्येष्ठ नागरिकहरू अनेक प्रकारका यातना, दुव्र्यवहार, हिंसा र अपहेलनाको शिकार भैरहेका छन । ज्येष्ठ नागरिकहरूमाथि दुव्र्यवहारका घटना बढ्दै जानु दुःखद रहेको बताईरहँदा उनीहरूको संरक्षणको खाँचो छ । नेपालमा ज्येष्ठ नागरिकहरूमाथि हुने दुव्र्यवहारका प्रति २४ वटा घटनाहरूमा एउटा मात्र घटना कानुनी कारबाहीको दायरामा पुग्ने गरेको र बाँकी घटनाहरू मेलमिलाप र ढाकछोप गरिने तथ्यांकले ज्येष्ठ नागरिकहरूमाथि कति ज्यादती भैरहेको छ भन्ने कुरा घामजत्तिकै छर्लङ्ग भएको छ । ज्येष्ठ नागरिकहरू आफैपनि न्यायमा पहुँच नपुगेको गुनासो गर्दै आएका छन । ज्येष्ठ नागरिकहरू सवैभन्दा पहिले आफ्नै घरबाट अपहेलित, पीडित, शोषित हुनुपरेको छ । समाजमा पनि ज्येष्ठ नागरिकलाई दुव्र्यवहार हुने गरेको छ । उनीहरूमाथि समान पहुँचको हक सरकारले उपलब्ध गराउनै सकेको छैन । जसका कारण सवैतिर ज्येष्ठ नागरिक मारमा पर्दै आएका छन । उनीहरू पीडित हुनुपरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले विज्ञप्ती नै जारी गरेर ज्येष्ठ नागरिकप्रतिको दुव्र्यवहारप्रति दुःख ब्यक्त गर्नुका साथै चिन्ता प्रकट गरेको छ । नेपालमा आयोगले गरेको चिन्ताप्रति सरकारले त्यसप्रतिको चासो गंभीररूपमा लिन गरेको छैन । बाहिरी देशमा आयोगले यस्तो चिन्ता ब्यक्त गरेको अवस्थामा सरकारले बिषयलाई गंभीररूपमा लिदै छानबीन समिति नै गठन हुुन्थ्यो तर नेपाल सतिले सरापेको देश त्यसै भएको होइन । राष्ट्रिय मानव अधिकार आयोगले यत्रो विज्ञप्ती जारी गरेर चिन्ता प्रकट गर्दा सरकार भने घटनाका प्रतिम मौन छ । मानौं राष्ट्रिय मानव अधिकार आयोगको काम विज्ञप्ती जारी गर्ने मात्रै हो । आयोगले ज्येष्ठ नागरिकहरूले पाउने स्वास्थ्य लगायतका सुविधाको प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको जनाएको छ । आयोगले ज्येष्ठ नागरिकहरूमा रहेको ज्ञान, सीप, अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न, ज्येष्ठ नागरिकको अधिकारको संरक्षण र सम्बद्र्धनका सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार र सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । सरकारले ज्येष्ठ नागरिकप्रति कतिसम्म दुःख दिन्छ भन्ने कुरा पछिल्लो उदाहरण काफी छ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि ज्येष्ठ नागरिकलाई अनिवार्य राष्ट्रिय परिचय पत्रको व्यवस्था गरेको छ । अहिले ४४ डिग्रीको उखरमाउलो गर्मीमा राष्ट्रिय परिचयपत्रका लागि ज्येष्ठ नागरिक लाईनमा बस्न विवस छन । सरकार ज्येष्ठ नागरिकको बेदना सुन्दैन भन्ने कुरा यो उदाहरण काफी छ । सामाजिक सुरक्षा भत्ताका लागि ज्येष्ठ नागरिकहरू अक्सिजन सिलिण्डरका साथ लाईनमा बस्नुपरेको दर्दनाक तस्वीर संचार माध्यममा सार्वजनिक हुँदा पनि सरकार मौन छ । यस्तो लाग्छ– सरकार आफै ज्येष्ठ नागरिकमाथि दुव्र्यवहार गरिरहेको छ । यसै सन्दर्भमा १९ औँ ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवस शनिवार मनाइयो । जेष्ठ नागरिकमाथि हुने दुव्र्यवहार विरुद्ध अन्तर्राष्ट्रिय सञ्जालले सन् २००६ देखि हरेक वर्ष जुन १५ तारिखलाई ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवस मनाउन थालेको हो । नेपालले यो दिवस सन् २०१२ देखि मनाउन शुरु गरेको हो । दिवसको अवसरमा सरकारका तर्फबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सम्पूर्ण ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्ताले ग्रहण गर्नुपर्नेमा बताइन । ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने वातावरण सिर्जना गरी सरल, सहज जीवनयापन गर्न, सबै प्रकारका दुव्र्यवहारको अन्त्य र सम्मानजनक व्यवहारको आवश्यकतामा सरकारको जोड छ तर त्यो देखावटी मात्र !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission