© २०२३
बुटवल ।
अत्यधिक गर्मीका कारण दाङको तुलसीपुर – ११ उरहरी स्थित अमर माविका विद्यार्थी बेहोस भएका छन् । गर्मीका कारण दिनहुुँ विद्यार्थीहरु बेहोस हुँदै आएको र अन्य दिनको तुलनामा आज बेहोस हुने विद्यार्थीको संख्या बढेको विद्यालयका प्रधानाध्यापक पदम ओलीले जानकारी दिदिएका छन।
विद्यार्थी बेहोस भएपछि स्वास्थ्यकर्मीको टोली बोलाएर विद्यालयमै राखेर उपचार गरिरहेको उनले बताए ।
अत्यधिक गर्मीका कारण दाङका अन्य विद्यालयमा पनि विद्यार्थीहरु बेहोस भएको खबर प्राप्त भएको छ । उता तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले फेरी केही दिनका लागि गर्मी बिदा दिने बारे छलफल भईरहेको जानकारी दिएका छन । नगर प्रमुख टिकाराम खड्का जिल्ला बाहिर भएकोले विद्यालय बन्द गर्ने बारे उहाँ सँग कुराकानी भईरहेको भण्डारीले बताए ।
लामो खडेरीका कारण दाङमा अत्यधिक गर्मी छ । गर्मीका कारण दाङको जनजीवन प्रभावित भएको छ । विशेषगरी बालबालिका र जेष्ठ नागरिक बढी प्रभावित भएका छन् । आज दाङको तापक्रम ४०° सेल्सियस रहेको छ ।