© २०२३
दाङ, २४ जेठ ।
सार्वजनिक यातायात तथा तीन पाङ्ग्र्रे सवारी साधनको ब्यवस्थापन तथा सार्वजनिक सवारीमा ज्येष्ठ नागरिक अपाङ्ग र विद्यार्थीलाई भाडामा छुट दिने विषयमा सरोकारवता निकायसंग छलफल भएको छ । भाडा छुट दिने कुरालाई कार्यान्वयनलाई कडाईका शाथ अनुगमन सम्बन्धित सरोकारवालाहरूको प्रतिबद्धता जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले तीन पाङ्ग्रे सवारी साधको दर्ता नविकरण, रुट पर्मिट, भाडा दर, बीमा तथा पार्किङस्थल उपलव्ध गराउन स्थानीय तहसंग समन्वय गर्ने बताए । सार्वजनिक सवारी साधन भित्र यात्रुहरुको सुरक्षालाई थप भरपर्दो बनाउन यात्रुहरुमाथि अन्य यात्रुहरुबाट हुन सक्ने दुव्र्यवहारको घटनामाथि निगरानी राख्न सार्वजनिक यातायात भित्र सिसिटिभि जडान गर्ने, सार्वजनिक यातायातमा अशक्त र अपाङ्गमैत्री बनाउन सिडि तयार गर्ने, लक्षित समुदायका लागि छुट्याईएको सेवा सुविधा कार्यान्वयन गर्ने विषयमा पटक पटक छलफल भई निर्णय भईसकेकाले कार्यान्वयन गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।
अब चाँडै नै एक अनुगमन टोली गठन गरी सार्वजनिक यातायातमा तोकिएको सेवा र सुविधा कार्यान्वयन गर्न कानुन अनुसार कारवाही प्रकृया अघि बढाउन लाग्ने बताए । यसका लागि जिल्ला प्रशासन, नागरिक समाज, प्रहरी, ट्राफिक प्रहरी, यातायात कार्यालयलगायतको एक टोलीमार्फत अनुगमन गरिने प्रजिअ सुवेदीले बताए ।