ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

खानेपानीसंग भएको करोडौ रकम समुदायमा लगानी गरौ : मन्त्री ढकाल

२३ जेष्ठ २०८१, बुधबार
२३ जेष्ठ २०८१, बुधबार

बुटवल।

खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नाममा जनताको पैसा बैङ्कमा अनायसै रहिरहेको लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले बताएका छन ।

आज बिश्व बतावरण दिवसको अवसरमा शहरी बिकास तथा खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ सैनामैनाको सह–आयोजनामा आयोजित कार्यक्रममा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले सो बताएका हुन ।

खानेपानी तथा सरसफाई संस्थाहरुमा जनताबाट उठेको ठुलो रकम अनावश्यक रुपमा बैङ्कमा बसी रहेको प्रसङ उठाउदै सो रकम अब समुदायमा नै योजना बनाएर लगानी गर्नु पर्ने मन्त्री ढकालले बताए ।

उनले भने  “पैसा हामीसंगै छ मात्र परिचालन गर्न सकिरहेका छैनौ, खानेपानीको खातामा रहेको पैसा जनताको नै पैसा हो अब त्यो पैसा योजना बनाएर जनता कै लागी खर्च गर्नु पर्छ”

बातावरणी प्रभावकै कारण पानी कम पर्न थालेकोले सबैले बाताबरण सफा र स्वच्छ बनाउने तर्फ सबै सचेत हुनुपर्ने समेत उहाँले बताउनु भएको थियो । हाल प्रयोग गरिरहेको पानी शुद्ध र स्वच्छ हुन नसकेको बताउदै पिउने पानीमा समस्या भएकोले पानीमा गुणस्तर कायम गर्न प्रदेश सरकारले २ वटा घुम्ती सेवा सहितको एम्बुलेन्स ब्यवस्थापन गरि खानेपानीको गुणस्तर मापन गर्ने योजना बनाएको समेत उनले  बताए । खानेपानी आयोजनाहरु निर्माण गरि समुदायमा हस्तान्तरण गर्ने गरि नीति तथा कार्यक्रम ल्याईएको र घाटामा रहेका खानेपानी संस्थानहरुको सबै दायित्व तिर्ने गरि योजना प्रदेश सरकारले बनाएको समेत ढकालले जानकारी दिए । सरसफाइमा स्थानीय पालिकासंग मिलेर सहलगानी र सहकार्य गरि सरसफाइ कार्यक्रम तय गर्ने समेत योजना रहेको मन्त्री ढकालको भनाई थियो ।

सैनामैनाको मुर्गिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नाममा करिब ८ करोड, सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नाममा करिब ४ करोड २० लाख, दुधराक्ष खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नाममा ५० लाख रकम रहेको संस्थाले जनाएको छ । सैनामैनामा अन्य खानेपानी संस्थाहरु रहेका छन ।

बाताबरण जोगाउदै हरियाली कायम गरेर बातावरणको संरक्षणमा गर्नु सबैको दायित्व भएको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका लुम्बिनी प्रदेशका महासचिव शालिकराम भण्डारीले बबताए  चुरे क्षेत्रको संरक्षण गर्दै पानीको स्रोतलाई बचाउने तर्फ बिशेष योजना बनाउनु पर्ने र बिकासको नाममा नदीजन्य पदार्थको दुरुपयोग र खोला नालाको दोहोन रोक्नु पर्ने समेत भण्डारीको भनाई थियो ।

कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन प्रमुख राज कुमार चौधरी, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका रुपन्देही अध्यक्ष धु्रव धिताल, सैनामैना वडा नं १० का वडा अध्यक्ष कृष्ण प्रसाद घिमिरे, सैनामैना वडा नं ११ का वडा अध्यक्ष राम प्रसाद भुषाल लगायतले बातावरणको बिषयमा बोलेका थिए  ।

कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका सैनामैनाका अध्यक्ष बिष्णु पाण्डे र महासंघका सचिव भिम खड्कालगायतले पनि बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?