ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

पाण्डेले पाए उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार

२३ जेष्ठ २०८१, बुधबार
२३ जेष्ठ २०८१, बुधबार

भैरहवा, २३ जेठ ।

पत्रकार दिनेश पाण्डे वातावरण उत्कृष्ट लेखन पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत भएका छन् । रुपन्देहीको परिवेशमा वातावरण पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै उत्कृष्ट लेखन पत्रकारिताको उत्कृष्टता हासिल गरेको भन्दै पाण्डेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

विश्व वातावरण दिवसको अवसरमा बुधबार सिद्धार्थनगर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उनलाई नगरप्रमुख इश्तियाक अहमद खाँ, वातावरण उत्कृष्ट लेखन पत्रकारिता पुरस्कार तथा वातावरण बचाउ आन्दोलन सिद्धार्थनगर, रुपन्देहीका संरक्षक एवं संस्थापक अध्यक्ष नारायण प्रसाद सापकोटाले नगद र सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् ।

पाण्डे नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष समेत हुन् । उनी लुम्बिनी टेलिभिजन, समयचक्र डटकममा आबद्ध छन् । पुरस्कारको राशी रु. २५ हजारको रहेको छ ।

सो अवसरमा बोल्दै नगरप्रमुख खाँले वातावरणको क्षेत्रमा आगामी दिनमा पनि कलम चलाउन आग्रह गरे । उनले वातावरण संरक्षणका लागि वृक्षारोपण आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘सबैले आफ्नो घरमा विरुवा रोपौं, रुख-विरुवाले वातावरण संरक्षण हुन्छ ।’

सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत यादव प्रसाद सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा वातावरण उत्कृष्ट लेखन पत्रकारिता पुरस्कार तथा वातावरण बचाउ आन्दोलन रुपन्देहीका संरक्षक एवं संस्थापक अध्यक्ष नारायण प्रसाद सापकोटा, पुरस्कृत पत्रकार पाण्डेलगायतले भनाइ राखेका थिए । पुरस्कार मूल्यांकन समितिको संयोजक भरत कुमार पोखरेल थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?