ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

तिलोत्तमामा ४० लाखको सूचना प्रविधि तथा राष्ट्रिय झण्डा उद्यान

चुनाव वाहेक अरु बेला सबै दल एकै ठाउं उभिन विष्णु पौडेलको आग्रह
२२ जेष्ठ २०८१, मंगलवार
२२ जेष्ठ २०८१, मंगलवार

तिलोत्तमा, २२ जेठ । तिलोत्तमा नगरपालिकाले नगरको प्रशासनिक भवन परिसरमा सूचना प्रविधि तथा राष्ट्रिय झण्डा उद्यान निर्माण गरेको छ । नगरपालिकाको ४० लाख रुपैयां आन्तरिक श्रोतबाट निर्माण भएको उद्यानको पुर्व अर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले मंगलबार उद्घाटन गरे ।
सो अवसरमा बोल्दै पौडेलले अहिलेको युग सूचना प्रविधिको युग भएको चर्चा गर्दै यसको प्रयोगको पहुंच आम नागरिकसम्म पु¥याउन स्थानीय तहले लगानी गर्नुपर्ने आवश्यकता औंल्याए । सूचना प्रविधिमा फड्को मारेका देशहरुले छिटो आर्थिक विकास र समृद्धि हासिल गरेको पौडेलले बताए ।

नगरको मुख्य प्रशासनिक भवन परिसरमा राष्ट्रिय झण्डा सहितको उद्यानले राष्ट्रियताको प्रवद्र्धन गर्ने र नागरिकलाई सूचना प्रविधिमैत्री बनाउन प्रेरित गर्ने पौडेलले बताए । नेपालका दलहरुले ठूला राजनीतिक परिवर्तन गर्दै संविधानमा नागरिकका अधिकार लिपिबद्ध गरेर अधिकार सम्पन्न बनाएपनि व्यवहारमा घरबास, रोजगारी,शिक्षा र स्वास्थ्य उपचारको अधिकार पूर्ण कार्यान्वयन हुन नसकेकाले दलहरु गरिबी,बेरोजगारी असमानता र विभेदविरुद्ध मिलेर काम गर्नुपर्ने खांचो रहेको बताए । दलहरु र नागरिक चुनावको मिति घोषणा देखि मतदान सम्म मात्र राजनीतिक हिसाबले बांडिनु पर्ने तर अरु बाह्रै महिना मिलेर विकास र समृद्धिको लागि सहकार्य गर्नुपर्ने पौडेलले आग्रह गरे ।

अहिलेको वजेट अप्ठेरो अवस्थामा आएको भन्दै पौडेलले ऋण तिर्न ऋण लिनुपर्ने वाध्यता र राजस्वले चालू खर्च धान्न नसक्ने अवस्था रहेको नर्बिसेर मितव्ययी ढंगले काम गर्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे । नगरपालिकाका प्रमुख रामकृष्ण खांणले चुनावी घोषणापत्र अनुसार नगरलाई स्मार्ट र सूचनाप्रविधि मैत्री बनाउन आईटी उद्यान निर्माण गरेको बताउंदै यसबाट लाभ लिन नगरवासीलाई आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाको ४० लाख आन्तरिक स्रोतबाट बनेको उद्यानमा राष्ट्रिय झण्डा, एल ई डी बोर्ड र नगर भित्रका धार्मिक र सांस्कृतिक सम्पदाहरु झल्किने गरी कम्पाउण्डवालको भित्री भागमा पेन्टिङ गरिएको जानकारी दिए । उक्त एलईडी बोर्डमा क्रिकेट,फुटबल लगायतका अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपाली टिमले खेल्ने खेलहरुको निशुल्क प्रत्यक्ष प्रशारण गरिने उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन्् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?