ट्रेंडिंग:

>> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ

कीर्तिमानी हिउँ चितुवाहरूको सम्मानमा

२२ जेष्ठ २०८१, मंगलवार
२२ जेष्ठ २०८१, मंगलवार

विश्वकै सर्वोच्च शिखर सगरमाथाको कीर्तिमानी विश्व रेकर्ड कायम गर्ने नेपाली शेर्पाहरूको योगदान जति प्रशंसा गरेपनि कम हुन्छ । त्यसमाथि पछिल्लोसमय नेपाली महिला पर्वतारोहीहरूको नाममा समेत विश्व रेडर्क बन्नु नेपालकै लागि गौरवको बिषय हो । हालै कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छिन । गोरखाकी फुञ्जोले हालै सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाउन सफलता पाएकी छिन । उता एकै याममा तीनपटक सगरमाथाको शिखरमा पुगेर पूर्णिमा श्रेष्ठले कीर्तिमान कायम गरेकी छिन । श्रेष्ठले यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक र मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी थिईन । श्रेष्ठ एउटै याममा तीन पटक सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला बनेकी हुन । त्योमात्रै होइन गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिईन ।

उता वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेर नयाँ रेकर्ड कायम गरेका छन् । यसअघि उनले वैशाख ३० गते २९ औँ पटक सगरमाथा आरोहण गरेका थिए । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेका ५४ वर्षीय कामीरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन । सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । अर्को गौरवको कुरा के छ भने सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एकमात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए । पासाङ दावा शेर्पालाई पनि नेपालले मात्रै होइन विश्वले सम्झिरहेको छ ।

नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाको नाममा १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको कीर्तिमान छ ।
सगरमाथा आरोहणमा यसअघि दोलखाका पेम्बा दोर्जे शेर्पाले आठघण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गरेका थिए । नेपाली पुरुष तथा महिला आरोहीको साहसिक कामले संसारभर नेपालको साहसिक पर्यटन प्रवद्र्धनमा नयाँ सन्देश दिनुका साथै विश्वशान्ति, जलवायु परिवर्तन, पर्यटन प्रवद्र्धमा लाग्ने आरोहीको प्रोत्साहनमा पनि भूमिका खेलेको छ । विश्व कीर्तिमानी आरोहीहरूले सोलुखुम्बुको खुम्बु क्षेत्र र गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टरमा झुण्डिएर हिमालको चुचुरा, खोच, ग्ल्यासिएरसम्म पुगेर आरोहणका क्रममा घाईते भएका तथा हिउँ पहिरोमा फसेकाहरूको उद्धार गर्दै आएका छन । जेहोस सगरमाथा आरोहणमा कीर्तिमान बनाउन सफल नेपालका हिउँ चितुवाहरूले विश्वमै नेपालको मान, इज्जत र प्रतिष्ठा अभिबृद्धिमा ठूलो सहयोग पु¥याएका छन । विश्वकै अग्लो सगरमाथा नेपालको गौरव, पहिचान र प्रतिष्ठा पनि हो । सगरमाथाको देश भनेर विश्वमै पहिचान बनाएको नेपाललाई चिनाउन कीर्तिमानी हिउँ चितुवाहरूले समेत ठूलो योगदान पु¥याएका छन । बधाई छ हिउँ चितुवाहरू– जसले आफ्नो ज्यानको बाजी थापेर देशको इज्जत र प्रतिष्ठा बढाउन भरथेग परिश्रम गरेका छन् । आजको सम्मान उनीहरूकै नाममा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%