© २०२३
दाङ, २० जेठ ।
घोराही उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जितेन्द्रबहादुर शाहलाई एमाले जिल्ला अध्यक्षले स्पष्टिकरण सोधेका छन् ।
नेकपा एमाले दाङले एमालेबाट निर्वाचित घोराही ८ का वडा अध्यक्ष शाहलाई स्पष्टिकरण सोधेका हुन् । एमाले दाङका नब निर्वाचित अध्यक्ष शिवकुमार आचार्यले वडा अध्यक्ष शाहलाई पत्र पठाई ७ दिन भित्र पार्टीमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएका हुन ।
जिल्लाको अधिवेशन ६ र ७ गते दाङमा भएको थियोे । जिल्ला अधिबेशनबाट रुष्ट भएका शाहले जेठ ८ गते पत्रकार सम्मेलन गरेर एमाले परित्यागको घोषणा गरेका थिए । स्पष्टिकरण पत्र चित्त नबुझे वा पेश नगरेमा कानुन बमोजिम भइ जाने आचार्यद्वारा पठाईएको पत्रमा उल्लेख छ ।
एमाले विरुद्ध गतिविधि गर्दा पटक–पटक मौखिकरुपमा सचेत गराईएको भन्दै प्रचलित ऐन, नियम, कानुन र राजनीतिक दल त्याग सम्बन्धी २०७३ को कानुन बमोजिम तपाईलाई किन कारबाही गर्नु नपर्ने हो भनी स्पष्टिकरण सोधिएको छ । यदि शाहले चित्त बुझ्दो स्पष्टिकरण नदिए दल त्याग सम्बन्धी कानुन बमोजिम कारबाही हुने बताइएको छ ।