ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

मानसिक समस्याग्रस्त महिलाको यसरी गरियो उद्दार

१९ जेष्ठ २०८१, शनिबार
१९ जेष्ठ २०८१, शनिबार

दाङ, १९ जेठ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १३ बडहरास्थित शान्तिनगर घर भएकी लक्ष्मी बिकको उद्धार गरिएको छ । वैदेशिक रोजगारीका क्रममा मानसिक समस्या भएपछि घर फर्किएकी ३३ वर्षीया लक्ष्मीको मानसिक समस्या थप बल्झिँदै गएपछि शुक्रबार घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखा र वडा नम्बर १३ को पहलमा उद्धार गरी घोराही १० नारायणपुरमा रहेको मानव कल्याण समाज सेवा घरमा लगिएको छ ।

घरको आर्थिक अवस्था निकै कमजोर रहेको तथा मानसिक सन्तुलनसमेत दिनप्रतिदिन बिग्रँदै जान थालेपछि उनको उद्धार गरी सेवा घरमा लगिएको हो । केही महिनायता एक्लै कोठामा बस्ने, खान लाउनको ठेगानसमेत नहुने, श्रीमानलाई अनाहकमा कुटपिट गर्ने जस्ता क्रियाकलाप गर्न थालेपछि उनको उद्धार गरिएको वडा नम्बर १३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेलले जानकारी दिए ।

श्रीमान सोनु बिकले ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको अवस्थामा लक्ष्मीको उपचार लगायत स्याहार सुसारमा समस्या हुँदै आएको थियो । उद्धार गरी एम्बुलेन्समार्फत सेवा घरमा लगिएको स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जानकारी दिइन । अब उनको मानसिक उपचारसँगै अरु स्याहार सुसारको व्यवस्थापनमा पालिकाको तर्फबाट पनि पहल हुने उनको भनाई छ ।

यसरी भयो उद्दार

जेठ १६ गते साँझ घोराहीमा रहेको हेल्थ फाउण्डेशनकी मनोसामाजिककर्ता भूमिका जिएमले स्वास्थ्य शाखा प्रमुख राधा पौडेललाई लक्ष्मी बिकको अवस्थाका बारेमा जानकारी गराइन् । अवस्था नाजुक रहेको र तत्काल उद्धार आवश्यक रहेको भनेपछि पौडेल साँझै लक्ष्मीको घरमा पुगिन् । ‘महिनौँदेखि बन्द कोठामा फोहर शरीर, दिसापिसाब एकै ठाउँमा, ओढ्ने ओछ्याउने सबै धुलोमैलोले लतपतिएको, मानसिक सन्तुलन ठीक अवस्थामा नभएको देखेँ,’ स्वास्थ्य शाखा प्रमुख पौडेलले भनिन् ‘अवस्था निकै नाजुक लाग्यो । घरमा सहयोग गरिदिने पनि रहेनछन् । श्रीमान ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्न ठिक्क रहेछ । बालबच्चा साना अनि कसरी हेरचाह होला भन्ने लाग्यो ।’

स्थानीयका अनुसार केही दिनसम्म लक्ष्मीको मानसिक स्वास्थ्य अवस्था ठिकै थियो । अन्ततः शरीरमा लगाएको कपडासमेत फालेर हिड्ने अवस्था भएपछि पालिकालाई यो बारेमा जानकारी पुगेपछि उनको उद्धार भएको हो । लक्ष्मीले आफ्ना श्रीमान सोनुलाई भौतिक आक्रमण गरेर घाईते बनाएकी छन् । यसअघि पनि पटक पटक भौतिक आक्रमण गर्ने, घरमा भएका जिन्सी सामान तोडफोड गर्ने गर्थिन् ।

उनका श्रीमान सोनुका अनुसार लक्ष्मी केही वर्ष अघि रोजगारीको सिलसिलामा वैदेशिक रोजगारीमा गएकी थिइन् । विदेश जाने अनि घर आउने क्रम चलेको थियो । शुरुवाती समयमा लक्ष्मीमा मानसिक समस्या देखिएको थिएन । पछिल्लो पटक खाडी मुलुकमा फेरि रोजगारीका लागि गएको बेला उनको स्वास्थ्यमा समस्या देखियो । विदेशमा उपचार गराउँदा सञ्चो नभएपछि उनी घर फर्किइन् । श्रीमानले उपचारको कोशिस गरे । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर मानसिक रोग विशेषज्ञसँगको परामर्शमा औषधी सेवनपछि केही सुधार देखिएको श्रीमानको भनाई छ । तर, औषधी खान छाडेपछि मानसिक समस्या बल्झिँदै गयो र अहिले उद्धार गरेर मानव कल्याण समाज सेवा घरमा लैजानु पर्ने अवस्था आयो ।

सडक मानवमुक्त बनाउने अभियानका साथ अघि बढेको घोराही उपमहानगरपालिकाले अहिले यस प्रकारका व्यक्तिको उद्धार गरेर सम्बन्धित ठाउँमा व्यवस्थापन गर्ने काम गरेको छ । अहिले सेवा घरमा ३५ जना मानवले आश्रय लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?