Butwal Today

प्रदेश सरकारले मनायो १६ गणतन्त्र दिवस

१५ जेष्ठ २०८१, मंगलवार
अ+
अ-

लमही, १५ जेठ ।

लुम्बिनी प्रदेश सरकारले मगलवार प्रदेशको लुम्बिनी हलमा एक कार्यक्रम बीच १६ औ गणतन्त्र दिवस मनाएको छ । मुख्यमन्त्री ,मन्त्रीहरु ,सभामुख ,प्रदेश सभासद ,प्रदेशका सबै पालिका प्रमुख ,उपप्रमुख ,सघ तथा प्रदेश स्तरीय सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, प्रदेशका कर्मचारी र सन्चारकर्मीको सहभागीता सो दिवस मनाइएको हो ।

सो कार्यक्रमलाई मुख्यमन्त्री जोख बहादुर महरा ,निवर्तमान मुख्यमन्त्री दिल्ली बहादुर चौधरी , सभामुख तुलाराम घर्तीले सम्बोधन गरेका हुन ।उनिहरुले कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै राजनीतिकरूपमा क्रान्तिको एउटा अध्याय भए पनि जुन जग र सपनाको बलमा गणतन्त्र स्थापना भएको थियो, त्यसका सोंच तथा लक्ष्य पूरा गर्ने अभिभारा भने बाँकी नै रहेको बताएका छन ।

प्रदेश सरकार मुल समितिको आयोजनामा ३ दिन गणतन्त्र मनाउने निर्णय भएको थियो १३ गते प्रदेश राजधानी परिसर सरसफाइ ,१४ गते गणतन्त्रको वारेमा बिधालय स्तरीय बकृत्वकला समेत भएको थियो ।